News Summary
Generated by OK AI. Editorially reviewed.- पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई भेट्न प्रहरीले नदिएपछि राष्ट्रिय मानव अधिकार आयोगको टोली करिब ४५ मिनेट कुर्दा पनि फर्किएको छ।
- अपराध अनुसन्धान कार्यालयको टोलीले गएराति महाराजगञ्जस्थित निवासबाट जबरालाई पक्राउ गरी एसएसपी सन्तोष खड्काको कार्यकक्षमा राखेको छ।
- प्रहरीले ‘सुरक्षा थ्रेट’ भएकाले जबरालाई रातारात कार्यालयमा ल्याएर राख्नुपरेको जिकिर गरेको छ भने कानुनका जानकारहरुले प्रहरीको शैलीमाथि प्रश्न उठाएका छन्।
११ असोज, काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई भेट्न प्रहरीले नदिएपछि मानव अधिकार आयोगको टोली फर्किएको छ ।
कार्यालयको गेटमा करिब ४५ मिनेट कुर्दा पनि प्रहरीले भेट्न नदिएपछि आयोगको टोली फर्किएको हो ।
गएराति अपराध अनुसन्धान कार्यालयको टोलीले महाराजगञ्जस्थित निवासबाट उनलाई पक्राउ गरेको थियो । जबरालाई एसएसपी सन्तोष खड्काको कार्यकक्षमा राखिएको छ ।
प्रहरीले ‘सुरक्षा थ्रेट’ भएकाले जबरालाई रातारात कार्यालयमा ल्याएर राख्नुपरेको जिकिर गरेको छ । तर कानुनका जानकारहरुले प्रहरीको शैलीमाथि प्रश्न उठाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4