११ असोज, काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई प्रहरीले गएराति घरबाटै पक्राउ गरेको छ । तर उनलाई पक्राउ गर्नुको स्पष्ट कारण प्रहरीले अझैसम्म खुलाएको छैन ।
अदालत सम्बद्ध स्रोतका अनुसार उनलाई पक्राउ गर्नुअघि कुनै पनि अदालतबाट पक्राउ पुर्जी पनि लिइएको छैन । अदालतबाट पक्राउ पुर्जी नलिएमा जरुरी पक्राउ अनुमति लिनुपर्छ ।
गएराति अपराध अनुसन्धान कार्यालय टेकुको टोली जबरालाई पक्राउ गर्न महाराजगञ्जस्थित उनको निवास पुगेको थियो । प्रहरी पक्राउ गर्न आएपछि जबराले भाइ प्रभुशम्शेरलाई फोन गरेर जानकारी गराएका थिए ।
प्रभुशम्शेरले आज बिहान अनलाइनखबरसँग कुरा गर्दै भने, ‘जेनजीहरुबाट तपाईंलाई थ्रेट छ भन्दै प्रहरीहरुले दाइलाई पक्रेर लगेछन् ।’
प्रभुशम्शेरका अनुसार जबरालाई टेकुमा राखिएको छ । प्रहरीले कसैलाई भेट्न समेत नदिएको उनी निकट स्रोत बताउँछ । अहिले उनका छोरा भेट्न भन्दै टेकु पुगेका छन् ।
प्रतिक्रिया 4