+
+
Shares

इरानी मुद्रा रियाल अमेरिकी डलरको तुलनामा इतिहासकै कमजोर

इरानको वार्षिक मुद्रास्फीति दर ६१.४ प्रतिशत पुगेको छ । आधिकारिक तथ्यांकअनुसार खाद्यवस्तुको मूल्यमा एक वर्षको अवधिमा १२८.१ प्रतिशत वृद्धि भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १२ गते १६:५४

इरानको मुद्रा रियाल अमेरिकी डलरको तुलनामा इतिहासकै कमजोर स्तरमा पुगेको छ । इरानले उच्च मुद्रास्फीति र कडा अन्तर्राष्ट्रिय प्रतिबन्धको सामना गरिरहेका बेला रियालको मूल्यमा ठूलो गिरावट आएको हो ।

इरानको स्वतन्त्र विदेशी मुद्रा बजारको मूल्य अनुगमन गर्ने वेबसाइट पसिजी डटकमका अनुसार स्वतन्त्र बजारमा अमेरिकी डलरको बिक्री मूल्य कीर्तिमानी २३ लाख रियाल पुगेको छ ।

अमेरिकाले ‘अपरेसन इकोनोमिक आउटकास्ट’ अन्तर्गत इरानमाथि थप प्रतिबन्ध लगाएपछि रियालमा तीव्र गिरावट आएको हो । यी प्रतिबन्धले अन्तर्राष्ट्रिय अर्थतन्त्रमा तेहरानलाई थप आर्थिक रूपमा अलग पार्ने लक्ष्य राखेको बताइएको छ ।

इरानको वार्षिक मुद्रास्फीति दर ६१.४ प्रतिशत पुगेको छ । आधिकारिक तथ्यांकअनुसार खाद्यवस्तुको मूल्यमा एक वर्षको अवधिमा १२८.१ प्रतिशत वृद्धि भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?