Comments Add Comment

कोरोनाको निश्चित उपचार कहिले पनि नभेटिन सक्छ : डब्ल्यूएचओ

१९ साउन, काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले कोरोना भाइरस (कोभिड-१९) लाई हराउन सक्ने निश्चित उपचार कहिले पनि नभेटिन सक्ने चेतावनी दिएको छ ।

डब्ल्यूएचओका महानिर्देशक टेड्रोस अधानम गेब्रेयेससले एक भर्चुअल कन्फ्रे न्सलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् । उनले भने, ‘अहिलेसम्म यो भाइरसको लागि कुनै निश्चित उपचार उपलब्ध छैन र कहिले पनि उपलब्ध नहुन पनि सक्छ ।’

ठीक एक दिनअघि मात्र डब्ल्यूएचओले अझै लामो समयसम्म कोरोना भाइरसको महामारी कायम रहन सक्ने बताएको थियो । यद्यपि अहिले विश्वभर कोरोना भाइरसविरुद्धको खोप निर्माणको काम भइरहेको छ । साथै यसको परीक्षण पनि भइरहेको छ । यद्यपि अहिलेसम्म कुनै निश्चित खोप बजारमा भने आएको छैन ।

अहिले अमेरिका, बेलायत र चिनियाँ कम्पनीले निर्माण गर्दै गरेको खोपको अन्तिम चरणको परीक्षण चलिरहेको छ ।

स्रोत : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment