+
+
Shares

देवदह क्वारेन्टिनका सुरक्षा गार्डले गरे आत्मदाह

टोपराज शर्मा टोपराज शर्मा
२०७७ साउन २० गते १२:०३
सांकेतिक तस्वीर

२० साउन, बुटवल । रुपन्देहीको देवदहस्थित क्वारेन्टिनका सुरक्षा गार्डले आत्मदाह गरेका छन् । देवदह-५ मितेरी टोलका २४ वर्षका विपिन बस्यालले मंगलबार बिहान करिब ३ बजेतिर शरीरमा मट्टीतेल खन्याएर आत्मदाह गरेका हुन् ।

जलेर गम्भीर घाइते भएका भएका उनको पाल्पा मिसन अस्ताल लैजाने क्रममा बुटवलमा मृत्यु भएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी प्रतितसिंह राठौरले बताए ।

आगोले जलेर गम्भीर घाइते भएका बस्याललाई देवदह मेडिकल कलेजमा दुई घण्टा उपचार पश्चात पाल्पा मिसन अस्पताल लैजाने क्रममा बाटोमै स्वास्थ्य अवस्था जटिल देखिएपछि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा पुर्‍याएको थियो ।

बस्याल देवदह नगरपालिका वडा नम्बर ७ शित्तलनगरस्थित नेपाल मगर संघको भवनमा बनाइएको क्वारेन्टिनमा सुरक्षा गार्डका रुपमा काम गर्दै आएका थिए । उनले के कारणले आत्महत्या गरे भन्ने खुल्न नसकेको र घटनाबारे अनुसन्धान शुरु भइसकेको डीएसपी राठौरले बताए ।

लेखक
टोपराज शर्मा

शर्मा अनलाइनखबरका बुटवल संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?