Comments Add Comment

जीवन र आर्यनको पर्दा भित्र प्रतिस्पर्धा, पर्दा बाहिर मित्रता

नायक आर्यन सिग्देलले आज आफ्नो जन्मदिन मनाइहेका छन् । जन्मदिन मनाउन आर्यन पोखरा पुगेका छन् । हुनत, आर्यनलाई जन्मदिनको शुभकामना केही दिनदेखि नै आइरहेको थियो । तर, उनको आज वास्तविक जन्मदिन हो ।

आर्यनलाई उनका फ्यान, शुभचिन्तक र परिवारले जन्मदिनको शुभकामना दिइरहेका छन् । आर्यनलाई अमेरिकामा रहेका उनका साथी जीवन लुइटेलले ‘मेरो एउटा साथी’लाई भन्दै जन्मदिनको शुभकामना दिएका छन् ।

आर्यन र जीवन चलचित्र क्षेत्रमा केही समय अगाडि एकसाथ यात्रा गरिरहेका थिए । विशेषगरि, चलचित्र ‘लुट’ रिलिज हुनुभन्दा अगाडि आर्यन र जीवनको राज चलचित्र क्षेत्रमा थियो ।

आर्यन र जीवन दुबै चकलेटी भएकाले पनि उनीहरुलाई लभस्टोरी चलचित्रमा लिन निर्माताले हानथाप गर्थे । आज भन्दा एक दशक अगाडि आर्यनले चलचित्रका लागि ६ देखि ८ लाखसम्म पारिश्रमिक लिएका थिए ।

जीवन लुइटेललाई चलचित्र ‘नाई नभन्नु ल’ले स्टार बनाइदियो । यसपछि, उनलाई पनि सेड्यूल मिलाउन धौ धौ भयो । आर्यनको पनि अवस्था उस्तै थियो । आर्यनका लागि ६ महिना भन्दा बढी समय पर्खिन निर्माता तयार थिए ।

यो समयमा यी दुई कलाकारमध्ये नम्बर १ को भन्ने प्रतिस्पर्धा मिडियामा खुबै चलेको थियो । तर, आर्यन र जीवनको प्रतिस्पर्धा मिडियामा चलेपनि उनीहरु वास्तविक जीवनमा भने निकै मिल्ने साथी हुन् ।
आर्यन र जीवनले कहिले पनि आफूहरुलाई प्रतिस्पर्धी ठानेनन् । बरु, जीवन विदेशतिर लागेपछि आर्यनलाई लभ स्टोरी चलचित्रको प्रेसर अझै बढेको थियो ।

चलचित्र क्षेत्रले कथा भन्न शैली फेरेपछि आर्यन र जीवनको क्रेज क्रमश कमजोर हँुदै गयो भने दयाहाङ राई, सौगात मल्ल जस्ता कलाकार उदाएका थिए । आर्यन अहिले पनि चलचित्र क्षेत्रमा सक्रिय छन् भने जीवन अमेरिकामा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment