Comments Add Comment

‘के माया लाग्छ र’ फेम्ड नविनको म्युजिकल फिल्म ‘तीनपाते’

नवीन चौहान निर्देशित म्युजिक फिल्म ‘तीनपाते’ सार्वजनिक भएको छ । ९ मिनेट लामो भिडियोलाई गीति–कथाको रुपमा प्रस्तुत गरिएको निर्देशक चौहानले बताए । यसअघि उनी निर्देशित ‘के माया लाग्छ र’ म्युजिक भिडियो निकै रुचाइएको थियो ।

सोही गीतका समूहले ‘तीनपाते’ सार्वजनिक गरेका हुन् । गीतकार हुन्, हर्क साउद । यसलाई संगीत संयोजन गरेका छन्, सुजन चापागाइले । स्वर सुजन र बिद्या तिवारीको छ । गीति कथामा मिलन खत्री, अनु काफ्लेको मूख्य भूमिका छ । सम्रान्त थापा, नयन नेपाल आयुष्मा काफ्ले, मुना धिताल, हर्क साउद, कविता थापा, विष्णु खत्री, सुजन खत्री लगायतको अभिनय छ ।

लकडाउनको कारण सर्वत्र मन्दी छाएको छ । अर्थतन्त्र धरासायी बनेको छ, युवाहरु बेरोजगार भएका छन् । समाज अभाव, भय, निरासासँग पैठेजोरी खेल्दैछ । यही पृष्टभूमीमा ‘तीनपाते’ले एउटा युवाको संघर्षको उत्साहजनक कथा पेश गरेको छ । गाउँमै उद्यम गरेर आर्थिक÷सामाजिक रुपमा कसरी सबल बन्न सकिन्छ भन्ने मर्मलाई केन्द्रमा राखेर गीति कथा बुनिएको छ ।

नवीनले नै यसको पटकथा तयार गरेका हुन् । उनले यसअघि बटौली, सम्झनालाई, लुकीपिछी किन मायामा जस्ता म्युजिक भिडियो निर्देशन गरिसकेका छन् । अपेक्षाकृत उक्त म्युजिक भिडयो रुचाइए पनि । पछिल्लो ‘के माया लाग्छ र’ले भने नविनलाई लाइमलाइटमा ल्याइदियो ।

‘यसपाली अलि फरक अभ्यास गरेको छु’ नविन भन्छन्, ‘गीतलाई कथानक शैलीले पेश गरिएको छ ।’ गीत इलामको सेरोफेरोमा खिचिएको छ । यसमा ग्रामिण जनजीविकालाई पृष्टभूमीमा राखेर एउटा युवाको सपना, संघर्ष र सफलताको कथा भनिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

रियाशाको खुशी

Advertisment