Comments Add Comment

प्रिमियर लिगको वर्ष खेलाडीका लागि ७ जना मनोनयनमा

२३ साउन, काठमाडौं । प्रिमियर लिगको प्लेअर अफ दि इअर अर्थात वर्ष खेलाडीका लागि मनोनयन सार्वजनिक भएको छ । जसमा च्याम्पियन लिभरपुलका तीन सहित ७ खेलाडी मनोनयनमा परेका छन् ।

प्लेअर अफ दि सिजनका लागि लिभरपुलका ट्रेन्ट अलेक्जान्डर आर्नोल्ड, जोर्डन हेन्डरसन र साडियो माने म्यानचेष्टर सिटीका केभिन डे ब्रुएना, लेस्टर सिटीका जेमी भार्डी, साउथह्याम्पटनका ड्यानी इङ्ग्स, बर्नलीका निक पोप मनोनयनमा परेका  छन् ।  मनोनयमा पर्ने निक पोप एक्ला गोलकिपर हुन् ।

युवा खेलाडी मनोनयनमा युनाइटेडका ३ जना

योङ प्लेअर अफ दि सिजनमा म्यानचेष्टर युनाइटेडका ३ खेलाडीसहित ८ जना मनोनयनमा परेका छन् । युनाइटेडका तीनै फरवार्ड मार्कुस रासफोर्ड, मासोन ग्रिनउड र एन्टोनी मार्सियल वर्ष युवा खेलाडीको मनोनयनमा परेका छन् ।

यस्तै चेल्सीका क्रिस्टियन पुलिसिक र मासोन माउन्ट गरी दुई खेलाडी मनोनयना छन् । वर्ष खेलाडीको मनोनयमा पनि परेका लिभरपुलका ट्रेन्ट अलेक्जान्डर आर्नोल्ड, एस्टन भिल्लाका ज्याक ग्रेगलिस र सेफिल्ड युनाइटेडका गोलकिपर डिन हेन्डरसन पनि मनोनयनमा परेका छन् ।

प्रशिक्षकमा क्लोप र लाम्पार्ड

यसैगरी उत्कृष्ठ प्रशिक्षणक अवार्डमा च्याम्पियन लिभरपुलका योर्गन क्लोपसहित ४ प्रशिक्षक मनोनयनमा परेका छन् । जसमा म्यानचेष्टर सिटीका पेप ग्वार्डिओला भने परेनन् । उत्कृष्ट प्रशिक्षकमा क्लोपसंगै चेल्सीका फ्राङ्क लाम्पार्ड, लेस्टर सिटीका ब्रेण्डन रोजर्स र सेफिल्ड युनाइटेडका क्रिस विल्डर छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment