Comments Add Comment

वडाले पसल बन्द गर्न भन्यो, व्यापारीले टेरेनन्

पसल खुलेको सांकेतिक तस्वीर

२६ साउन काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर २२ वटु, थलिटोललगायतका क्षेत्रका केही व्यापारीमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएपछि वडा २२ कार्यालयले पसल तथा कार्यालय बन्द गर्ने निर्णय गर्‍यो । तर त्यसको अवज्ञा भएको छ ।

व्यवसायीहरुले सोमबार दिउँसो पनि पसल सञ्चालन गरेका छन् । ‘हामी भोलि वटुमा ५०० जनाको स्वाब संकलन गर्दैछौं’ वडाध्यक्ष चिनीकाजी महर्जन भन्छन्, ‘परीक्षण नहुँदासम्म पसल नखोल्ने निर्णय गरेका छौं । तर व्यवसायी साथीहरुले बुझ्नु भएन ।’

उनका अनुसार काठमाडौंको वडा नम्बर २२ र २७ मा पर्ने न्यूरोड, असन र महाबौद्ध एरियाका २० भन्दा बढी व्यवसायीमा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

यो धेरै पसल भएको क्षेत्र पनि हो । बैंक, सहकारीलगायतका वित्तीय संस्थाहरु पनि त्यत्तिकै छन् । किनमेलका लागि काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट मानिसहरु यस क्षेत्रमा पुग्छन् ।

वडाध्यक्ष महर्जन भन्छन्, ‘हामीलाई पो बाहिर जानु पर्दैन तर अरु ठाउँमा मानिसहरु किनमेलका लागि आउनुहुन्छ । त्यसैले यहाँ संक्रमणको जोखिम हुनु स्वाभाविक हो ।’

हेर्नुहोस् वडा कार्यालयको सूचना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment