+
+
Shares

करिश्मा लेख्छिन्–‘श्रृष्टीको रचनालाई टिप्पणी गर्ने हैसियत कसैसँगै छैन’

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन २७ गते १५:५१

नायिका करिश्मा मानन्धरले श्रृष्टीको कुनै पनि रचनालाई टिप्पणी गर्ने अधिकार र हैसियत कसैसँग नभएको उल्लेख गरेकी छिन् । उनको यो टिप्पणी नायिका पूजा शर्मा र संचारकर्मी प्रकाश सुवेदीको विवादप्रति लक्षित छ ।

उनले लेखेकी छिन्–‘आफ्नो नैतिक जिम्मेवारीबाट जानी जानी विमुख भई गल्ती गर्नेलाई सजायँ हुनुपर्छ, तर भुलबस गल्ती भएको छ भने सचेतनासहित माफी पनि दिन सक्नुपर्छ । त्यो पनि त्यहाँ जहाको कुरा परिवार विचको हुन्छ । घरको इज्जत बाटोमा लगेर प्रदर्शन गर्ने अधिकार कुनै पनि परिवारका सदस्यको छैन ।’

उनले, शरीरमा घाउ लाग्दा त्यसलाई खाटा बस्न दिनु नै उचित हुने भन्दै कोट्याई रह्यो भने त्यो निको नहुने र दुख आफ्नै शरीरलाई हुने पनि उल्लेख गरेकी छिन् ।

करिश्मा अगाडि लेख्छिन्–‘यो सबै हामीले एकअर्कालाई सम्मान गर्न नसक्नुको परिणाम हो । सार्वजनिक रुपमा वाद प्रतिवाद गर्नुभन्दा पनि आपसी छलफल गरेर समस्या किन भयो, के हो भन्नेमा पुगेर कानुनी उपचार या अन्य उपचार खोज्दा राम्रो हुने थियो ।’

उनले चलचित्र क्षेत्रमा अरुको तारिफ गर्ने र खुवी देख्ने संकारको विकास नै नभएको हो कि भन्दै प्रश्न गरेकी छिन् । उनले यो क्षेत्रमा अरुलाई होच्याउने र नकारात्मक टिप्पणी गर्ने संकार विकसित भएको बताएकी छिन् ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?