+
+

दक्षिण कोरियामा एक महिनायताकै धेरै दैनिक स्थानीय कोरोना संक्रमित

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन २९ गते १८:३७

२९ साउन, काठमाडौं । दक्षिण कोरियामा बिहीबार लगातार दोस्रो दिन ५० भन्दा धेरै कोरोना भाइरस (कोभिड-१९) का नयाँ संक्रमितहरु फेला परेका छन् ।

दक्षिण कोरियाले दिएको जानकारी अनुसार बिहीबार दक्षिण कोरियामा ५६ नयाँ संक्रमित फेला परेका हुन् । यसमध्ये ४७ जना स्थानीय संक्रमित रहेका स्वास्थ्य अधिकारीहरुले बताएका छन् । एकैदिन भेटिएका स्थानीय संक्रमितको यो संख्या दक्षिण कोरियाको लागि जुलाई ३ यताकै सबैभन्दा धेरै हो । जुलाई ३ मा दक्षिण कोरियामा ४९ स्थानीय संक्रमित फेला परेका थिए ।

दक्षिण कोरिया कोरोना भाइरसको महामारी नियन्त्रणको लागि सफल मुलुक मानिएको छ । तर, गत मे महिनायता यहाँ निरन्तर कोरोना भाइरसका संक्रमितको संख्या बढ्दो क्रममा देखिएको छ । पछिल्लो समय नयाँ संक्रमितको संख्या बढेसँगै दक्षिण कोरियाका अधिकारीहरुले आगामी दिनमा मुलुकमा कोरोना भाइरस नियन्त्रणभन्दा बाहिर जानसक्ने चेतावनी दिएका छन् ।

स्रोत : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?