Comments Add Comment

कोभिड कोषमा बेलायतबाट व्यवसायी लामिछानेको १५ लाख सहयोग

१ भदौ, काठमाडौं । कोभिड १९ रोकथाम ,नियन्त्रण तथा उपचारसम्बन्धी सरकारको केन्द्रीय कोषमा बेलायतमा व्यवसाय गरिरहेका नेपाली व्यवसायी रविजंग लामिछानेले १५ लाख १७ हजार ७२७ रुपैयाँ सहयोग गरेका छन् ।

उनको सहयोग रकम बराबरको चेक सोमबार सीसीएमसीका संयोजकसमेत रहेका उपप्रधानमन्त्री ईश्वर पोखरेललाई हस्तान्तरण गरिएको छ । रक्षा मन्त्रालयमा आयोजित कार्यक्रममा रविका दाजु महेन्द्रजंग लामिछाने, प्राध्यापक खड्ग केसी, नेपाल ब्रिटेन चेम्बर अफ कमर्सका उपाध्यक्ष महन्त श्रेष्ठलगायतले सो चेक उपप्रधानमन्त्री पोखरेललाई हस्तान्तरण गरेका हुन् ।

लामिछानेले प्रधानमन्त्रीलाई पठाएको पत्र समेत उपप्रधानमन्त्री पोखरेललाई हस्तान्तरण गरिएको थियो । व्यवसायी लामिछानेले यसअघि भूकम्पको बेला केन्द्रीय राहत कोषमा ५१ लाख रुपैयाँ व्यक्तिगत सहयोग गरेका थिए भने सिन्धुपाल्चोक जुरेको पहिरोको बेला पनि सहयोग गरेका थिए ।

उनले भूकम्पको बेला ८ करोड बराबरका कपडा सरकारलाई हस्तान्तरण गरेको समेत सो अवसरमा उपप्रधानमन्त्री पोखरेलले स्मरण गरे । मन्त्री पोखरेलले सरकारले सीमित साधन स्रोतका बाबजुद एउटा प्रयोगशालाबाट हाल ४० वटा प्रयोगशालामा कोरोना परीक्षणको व्यवस्था गरेको बताए ।

कोभिड १९ विरुद्धको लडाइमा सरकार र जनता सँगै अघि बढ्नुपर्ने भन्दै मन्त्री पोखरेलले सरकारका सबै हिसाबकिताब पारदर्शी रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment