Comments Add Comment

क्रिकेट रोहित शर्मासहित ५ खेलाडीलाई राजीव गान्धी खेल रत्न अवार्ड

६ भदौ, साउन । भारतीय क्रिकेट टिमका ब्याट्सम्यान रोहित शर्माले भारतको सबैभन्दा ठूलो खेल विधाको सम्मान राजीव गान्धी खेल रत्न अवार्ड पाउने भएका छन् । भारतको युवा तथा खेलकुद मन्त्रालयले शुक्रवार क्रिकेटर रोहितसहित ५ खेलाडीलाई उक्त अवार्डबाट सम्मान गर्ने निर्णय गरेको हो ।

रोहित यस अवार्ड पाउने चौथो क्रिकेटर हुनेछन् । यसअघि क्रिकेटका सचिन तेन्दुलकर, महेन्द्र सिंह धोनी र विराट कोहलीले यस अवार्ड पाएका छन् ।

क्रिकेटर रोहितसँगै खेल रत्न अवार्डबाट सम्मानित हुने अन्य खेलाडीमा टेबल टेनिसका मनिका बत्रा, कुस्तीका भिनेस भोगट, हक्कीका रानी र पारा एथ्लेटिक्सका मारियापान थंगाभेलु छन् ।

यस्तै क्रिकेटद्वय इशान्त शर्मा र महिला क्रिकेटर दिप्ती शर्मासहित २७ जनालाई अर्जुना अवार्ड प्रदान गरिनेछ । त्यसबाहेक १३ जनालाई द्रोणाचार्य अवार्ड र १५ जनालाई ध्यानचन्द्र अवार्ड प्रदान गरिनेछ। तेन्जिङ नोर्गे नेशनल एड्भेन्चर अवार्ड ८ जनालाई प्रदान गरिनेछ ।

नेशनल स्पोर्ट्स डेको अवसरमा अगष्ट २९ मा भर्चुअल रुपमा अवार्ड वितरण गरिनेछ । यसअघि राष्ट्रपति भवनमा अवार्ड प्रदान हुँदै आएपनि कोभिड-१९ को कारण यस पटक भर्चुअल रुपमा अवार्ड हुने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment