Comments Add Comment

बाढीपहिरोबाट बाग्लुङमा भएको क्षतिप्रति मसालद्वारा दुःख व्यक्त

१९ भदौ, काठमाडौं । नेकपा मसालले बाग्लुङको ढोरपाटनमा आएको बाढी पहिरोबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेको छ ।

मसालका महामन्त्री मोहनविक्रम सिंहले विज्ञप्ति जारी गरी बाढी पहिरोले पुर्याएको क्षतिप्रति दुःख व्यक्त गरेका हुन् ।

महामन्त्री सिंहले जारी गरेको विज्ञप्तिमा लेखिएको छ, ‘कैयौँ वडाहरू पूरै क्षतिग्रस्त हुनुको साथै ठूलो संख्यामा मानिसहरूको निधन वा बेपत्तासमेत भएका छन् । घर र जग्गा जमिनको समेत ठूलो मात्रामा क्षति भएको छ । हामीले त्यो पहिरोमा परि निधन भएका सबै व्यक्तिहरूप्रति श्रद्धाञ्जलि प्रकट गर्दै घाइते र पीडित जनताप्रति हार्दिक समवेदना प्रकट गर्दछौँ । त्यसका साथै त्यहाँ ठूलो संख्यामा बेपत्ता भएका मानिसहरूको खोज तलासको आवश्यकताप्रति पनि जोड दिन्छौँ ।’

मसालले पीडित जनताको उद्धार र सहयोगको लागि सबैलाई अनुरोध पनि गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment