Comments Add Comment

नेकपामा परिवारवाद : बाबु प्रदेश प्रमुख, छोरा रजिष्ट्रार !

१७ भदौ, बिराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीको गृहजिल्ला झापाका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेताका बाबुछोराले सरकारी नियुक्ति पाएका छन् । झापाको मेचीनगर नगरपालिकाको मेयर पदमा पराजित बुबा विष्णुप्रसाद प्रसाईलाई वागमती प्रदेश प्रमुखमा नियुक्त गरेको सरकारले उनका छोरा राजेशलाई मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडाको रजिष्टारमा नियुक्त गरेको छ ।

विष्णुप्रसाद तत्कालीन एमालेका पुराना नेता हुन । उनी स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसका विमल आचार्यसँग पराजित भएका थिए । स्थानीय तह निर्वाचनमा मेयरमा कांग्रेसका आचार्यले २० हजार ७७६ मत ल्याएका थिए । तत्कालीन एमालेका उम्मेद्वार प्रसाईंले १९ हजार ४२२ मत ल्याएका थिए ।

पालिकाको चुनावमा पराजित भएका प्रसाईलाई प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले १९ कात्तिक २०७६ मा बाग्मती प्रदेशको प्रमुख प्रमुखका रुपमा सपथ-ग्रहण गराएको थियो ।

उनै प्रदेश प्रमुखका छोरा राजेश प्रसाईलाई प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले बाबुकै उपस्थितिमा केही दिनअघि मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौडाको रजिष्टारमा नियुक्त गरेका छन् ।

मदन भण्डारीका नाममा यो प्रतिष्ठान वागमती प्रदेश सरकारले गठन गरेको हो । र, बाबु जुन प्रदेशको प्रमुख छन्, त्यहीँ छोरालाई प्रतिष्ठानको रजिष्ट्रार बनाइएको हो ।

को हुन् राजेश प्रसाई ?

विष्णुप्रसाद प्रसाईका छोरा राजेशसँग अस्पताल म्यानेजमेन्टको अनुभव छ । उनले यसअघि विराटनगरको विराट आँखा अस्पताल, सञ्जिवनी अस्पताल, काकडभिट्टा आँखा अस्पताल, विराटनगरको आरके चिल्डेन अस्पतालका सल्लाहकार र आरके सिटी सेन्टरमा व्यावस्थापकको भूमिका निर्वाह गरेका थिए । विराट, सञ्जिवनी र काकड्भिट्टा अस्पतालमा उनको लगानीसमेत छ ।

केही वर्षअघि गोल्छा आँखा अस्पताल बिराटनगरबाट म्यानेजमेन्टको काम सुरु गरेका प्रसाईको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नियुक्तिको तयारी थियो । तर, वीपीमा सम्भव नभएपछि उनी वागमती प्रदेश सरकारले २०७६ सालमा गठन गरेको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडाको रजिष्ट्रारमा नियुक्त भएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment