Comments Add Comment

प्रहरी कुटेको अभियोगमा ९ जना पक्राउ

१८ भदौ, काठमाडौं । ललितपुरमा ट्राफिक प्रहरीका जवानमाथि निर्घात कुटपिट गरेका अभियोगमा ९ जना पक्राउ परेका छन् ।

पुल्चोकमा रातो मत्स्येन्द्रनाथको रथ तान्ने क्रममा भएको झडपपछि युवाहरुको समूहले ट्राफिक प्रहरी जवान कमलप्रसाद घिमिरेमाथि निर्घात कुटपिट गरेको थियो । त्यसमा संलग्न रहेको देखिएका व्यक्तिहरुलाई पक्राउ गरिएको ललितपुर प्रहरी प्रमुख एसएसपी टेकप्रसाद राईले अनलाइनखबरलाई बताए ।

प्रशासनले निषेधाज्ञा लागू गरेको वेला युवाले विना अनुमति रथ तानेका थिए । त्यसलाई रोक्न ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले प्रहरीलाई निर्देशन दिएका थिए ।

पक्राउ परेका व्यक्तिलाई अहिले क्वारेन्टिनमा राखिएको छ । उनीहरुको पिसीआर जाँच गरेर कानुनी कारबाही अघि बढाइएने एसएसपी राईले बताए ।

पक्राउ परेका व्यक्तिविरुद्ध अभद्र व्यवहारको कसूर अन्तरगत मुद्दा चलाउने तयारी गरिएको जनाइएको छ ।

यी हुन् पक्राउ पर्नेहरू

१) लपु मनपा वडा १६ गावाहाल, बर्ष ४० को महेश बज्राचार्य
२) ऐ वडा ११ बंगलामुखी, बर्ष ३९को पृथ बिन्दु महर्जन
३) ऐ वडा २१ बस्ने बर्ष ३८ को अशोज कुमार महर्जन
४) ऐ वडा ६ बस्ने बर्ष ३६ को रवि शाक्य
५) ऐ वडा १६ बस्ने बर्ष ४० को रविन शाक्य
६) महालक्ष्मी नपा वडा १ इमाडोल बस्ने बर्ष ४३ को सुविन शाक्य
७) ऐ इमाडोल को ध्रुवराज बज्राचार्य,
बर्ष ४७
८) भक्तपुर ठिमी-८, बर्ष ३२ को श्याम श्रेष्ठ
९) का. जि. कामनपा वडा १६ बस्ने बर्ष ४० को यादवलाल कायस्थ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment