Comments Add Comment

रातो मत्स्येन्द्रनाथको रथ तान्दा झडप, प्रहरीले हान्यो अश्रुग्यास

१८ भदौ, काठमाडौं । युवाहरुले स्वस्फुर्त रातो मछिन्द्रनाथको रथ तानेपछि ललितपुरको पुल्चोकमा तनाव भएको छ । प्रहरी र स्थानीय युवाहरुबीच झडप भएको छ ।

प्रहरीले रथ तान्न रोकेपछि युवाहरुले विरोध गरेका थिए । त्यही बेला प्रहरीले पानीको फोहोरा हान्न ट्यांक ल्याएपछि युवाहरुले ढुंगामुढा गरे ।

त्यसलाई रोक्न प्रहरीले केही सेल अश्रुग्यास हानेको छ । अहिले पनि तनाव कायमै छ ।

युाहरुले रथ सडकको बीचमा पुर्‍याएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment