
१८ भदौ, बुटवल । बुटवलमा एक महिलाको मृत्युपछि कोरोना रिपोर्ट पोजेटिभ आएको छ ।
बुटवलको सिद्धबाबा अस्पताल रामनगरमा उपचार गराएकी बुटवल–७ कि ४५ वर्षीया महिलाको बुधबार दिउँसो मृत्यु भएको थियो । तर उनको पीसीआर रिपोर्ट बिहीबार आएको बुटवल उपमहानगरपालिकाका प्रवक्ता रामप्रसाद रेग्मीले बताए ।
चार दिनदेखि ज्वरो आएर स्वासप्रश्वासमा समस्या भएपछि बुधबार दिउँसो अस्पतालमा उपचार गराउन गएकी उनको बुधबार साँझ मृत्यु भएको प्रवक्ता रेग्मीले बताए ।
मृतक महिलाको रिपोर्ट पोजेटिभ आएपछि महिलाको उपचारमा संलग्न दुईजना स्वास्थ्यकर्मी होम आइसोलेसनमा रहेका र अस्पतालको आकस्मिक कक्ष २४ घण्टा बन्द गरेर निर्मलीकरण गरिने अस्पतालका प्रशासन प्रमुख प्रकाश न्यौपानेले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4