News Summary
Generated by OK AI. Editorially reviewed.- कविता नेपाली शीर्ष भूमिकामा रहने कथानक फिल्म ‘अन्तिम दाउ’ निर्माण हुने भएको छ ।
- फ्रेम इन मोसन पिक्चर्सको प्रस्तुति रहने फिल्मलाई बिजु पार्कीले निर्देशन गर्नेछन् ।
- फिल्मको पहिलो पोस्टरमा कविता नेपाली र निश्चल प्रधानसहित विजय लामा, अर्पण थापा, सशांक मैनाली र पेमा दावा लामा प्रस्तुत गरिएका छन् ।
काठमाडौं । कविता नेपालीलाई शीर्ष भूमिकामा लिएर कथानक फिल्म ‘अन्तिम दाउ’ निर्माण हुने भएको छ । निर्माताले कथावस्तु झल्किने थिम र कलाकार सार्वजनिक गर्दै यसबारे जानकारी दिएका हुन् ।
फ्रेम इन मोसन पिक्चर्सको प्रस्तुति रहने फिल्मलाई बिजु पार्कीले निर्देशन गर्दैछन् । सार्वजनिक पहिलो झलक हेर्दा यो फिल्म एक्सन-थ्रीलर जनरामा निर्माण हुने बुझ्न सकिन्छ ।
सेटअप, मुड र क्यारेक्टर दर्शाउने फिल्मको पहिलो पोस्टरमा शीर्ष कलाकारलाई चित्रण गरिएको छ । कविता र निश्चल प्रधानलाई पोस्टरमा रहस्यमयी लुक्समा प्रस्तुत गरिएको छ ।
पोस्टरमा बाँकी चार कलाकार विजय लामा, अर्पण थापा, सशांक मैनाली र पेमा दावा लामालाई पनि प्रस्तुत गरिएको छ । सह-निर्मातामा निर्माता सुवास तामाङ, कर्मा लामा र पासाङ नोर्बु शेर्पा छन् ।
कार्यकारी निर्मातामा रमेश शाही ठकुरी, शिशिर पार्की छन् । छायांकन चाँडै सुरु हुने जनाइएको छ ।
प्रतिक्रिया 4