+
+
Shares

युरोपमा छायांकन गरिएको फिल्म ‘माया बस्छ कि के हो !’ को ट्रेलर सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ २४ गते १२:३३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रेमकथामा आधारित फिल्म ‘माया बस्छ कि के हो !’ को ३ मिनेटको ट्रेलर युट्युबमा सार्वजनिक भएको छ ।
  • राजु अधिकारी निर्देशित फिल्म २ असोजदेखि प्रदर्शनमा आउने तयारीमा छ ।
  • विदेशमा अध्ययन र रोजगारीका लागि गएका युवायुवतीको प्रेम, समर्पण र मतभेदको कथा फिल्ममा समेटिएको छ ।

काठमाडौं । प्रेमकथामा आधारित फिल्म ‘माया बस्छ कि के हो !’ को ट्रेलर युट्युबमा सार्वजनिक भएको छ । ३ मिनेट रनटाइमको ट्रेलरमा डेब्यू अभिनेता सोनाल लामा र कस्मता निरौलालाई प्रमुुखतासँग फिचर्ड गरिएको छ ।

राजु अधिकारी निर्देशित फिलम २ असोजदेखि प्रदर्शन तयारीमा छ । युरोपेली मुलुकका रमणीय थलोमा छायांकन गरिएका दृश्य ट्रेलरमा राखिएको छ ।

अध्ययन तथा रोजगारीका लागि विदेशिएका युवायुवतीको प्रेम सम्बन्ध, समर्पण र मतभेदको कथा समावेश छ । कथासँगै चरित्र चित्रणको झल्को पनि ट्रेलरले दिन्छ ।

युरोपको बेल्जियम, स्विटजरल्यान्ड, नेदरल्यान्ड्स लगायतका मुलुकमा फिल्म खिचिएको छ । शरद अधिकारी निर्माता रहेको फिल्मका लगानीकर्ता बहादुरसिंह तामाङ हुन् ।

आरती अधिकारीको कथा र मौनता श्रेष्ठको पटकथा तथा संवाद रहेको फिल्मको दृश्य सम्पादन रामप्रसाद चौधरीले गरेका हुन् । जनपुकार मिडिया हाउसको ब्यानरमा निर्मित फिल्मका छायांकन रवीन्द्र बराल हुन् ।

गीतमा अर्जुन पोखरेलको संगीत, कमल राई र रामजी लामिछानेको नृत्य निर्देशन छ । ‘माया बस्छ कि के हो’ मा सोनाल र कस्मताका साथमा नरेन्द्र थापा, उपेन्द्र थापा, बेनी ढुंगाना, सब्बु पौडेल, तारा शर्मा, हरिकृष्ण कार्की, तेजेन्द्र कँडेल, ऋचा थापा, खिन्नबहादुर भण्डारीको अभिनय छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?