+
+
Shares

तीन दशकपछि पहिलोपटक अष्ट्रेलियामा आर्थिक मन्दी

अनलाइनखबर अनलाइनखबर
२०७७ भदौ १७ गते १२:४४

१७ भदौ, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को कारण अष्ट्रेलिया पछिल्लो तीन दशकमा पहिलोपटक आर्थिक मन्दीको मारमा परेको छ ।

अष्ट्रेलियाले सार्वजनिक गरेको तथ्यांकअनुसार सन् २०२० को दोस्रो त्रैमासमा अष्ट्रेलियाको अर्थतन्त्रमा ७ प्रतिशतको गिरावट आएको हो । यसअघि पहिलो तीन महिनाको अवधिमा पनि अष्ट्रेलियाको अर्थतन्त्रमा शून्य दशमलव ३ प्रतिशत कमी आएको थियो । लगातार दुई त्रैमासमा आर्थिक गिरावट देखिएमा आर्थिक मन्दी आएको मानिन्छ ।

अष्ट्रेलियाको अर्थतन्त्रमा सन् २०२० को दोस्रो त्रैमासमा देखिएको गिरावट सन् १९५९ यताकै सबैभन्दा धेरै हो । अष्ट्रेलियाको अर्थतन्त्र सन् २००८ को विश्वव्यापी आर्थिक मन्दीमा पनि बचेको थियो ।

यस वर्षको शुरुमा अष्ट्रेलियाको जंगलमा आगलागी हुनु र कोरोना भाइरसको महामारीको शुरुवाती प्रभावको कारण अष्ट्रेलियाको अर्थतन्त्र प्रभावित बनेको हो ।

कोरोना महामारी नियन्त्रणका लागि गरिएको लकडाउनका कारण अष्ट्रेलियामा सबैजसो व्यापार बन्द गरिएको थियो । यसले अर्थतन्त्रको अवस्था झन् कमजोर बनायो । अर्थतन्त्र बचाउन सरकार र केन्द्रीय बैंकले चालेको कदमले पनि खासै सकारात्मक असर पार्न सकेन ।

अष्ट्रेलियामा सन् १९९० मा पछिल्लोपटक आर्थिक मन्दी आएको थियो ।

स्रोत : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?