+
+
Shares

१० वर्षमा ६ लाख विद्यार्थीले लिए एनओसी, अष्ट्रेलियाका लागि लिने धेरै, पाँचौंमा अमेरिका

चालु आर्थिक वर्षको माघ महिनासम्म मात्रै विद्यार्थीले ५५ हजार एनओसी लिएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन ५ गते १०:५७
एनओसी लिनका लागि पालो पर्खिरहेका विद्यार्थीहरु । फाइल फोटो

५ माघ, काठमाडौं । उच्च शिक्षा अध्ययनका लागि विद्यार्थीले १० वर्षमा ६ लाख ३९ हजार १४८ वैदेशिक अध्ययन अनुमति पत्र (एनओसी) लिएका छन् ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको एनओसी शाखाका प्रमुख रमेश घिमिरेका अनुसार चालु आर्थिक वर्षको माघ महिनासम्म मात्रै विद्यार्थीले ५५ हजार एनओसी लिएका छन् । ‘केही वर्षयता एनओसी लिने विद्यार्थीको संख्या उस्तैउस्तै देखिन्छ,’ उनले भने ।

शाखाले गत आर्थिक वर्ष २०८०/८१ मा  १ लाख १२ हजार ९ सय ६८ एनओसी दिएको थियो ।

सबैभन्दा धेरै विद्यार्थीले अष्ट्रेलियाका लागि एनओसी लिएका छन् । दोस्रोमा  जापान, तेस्रोमा यूके, चौथोमा क्यानडा, पाँचौँमा अमेरिका, छैटौंमा कोरिया र सातौंमा भारतका लागि लागि एनओसी लिएको शाखा प्रमुख घिमिरेले बताए ।

एनओसी लिएका कति विद्यार्थी विदेशीय भन्ने यकिन तथ्यांक भने सरकारसँग छैन । एउटै विद्यार्थीले एकभन्दा बढी एनओसी लिएका हुन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?