Comments Add Comment

डिजिटल काम गर्ने फ्रिलान्सिङ समुदायको विकास गर्न ‘वर्कहब’

गिग अर्थव्यवस्थालाई अभिवृद्धि गरिने

२८ भदौ, काठमाडौं । नेपालमा फ्रिलान्सिङ समुदायको विकास गर्न सबैभन्दा उत्कृष्ट र उद्योगहरूको विश्वासनीय वेबसाइट सहकर्मी बन्ने लक्ष्य लिएर वर्कहब फ्रिलान्सिङ प्लेटर्फम सार्वजनिक भएको छ ।

विकासकर्ताका अनुसार यो एक स्वतन्त्र वेबसाइट हो, जहाँ डिजिटल फ्रिलान्सरहरूलाई काम खोज्न र रोजगारदातालाई कामका लागि सही प्रतिभा खोज्न मद्दत गर्न समर्पित छ । यसमा कसैले डिजिटल सर्विस भाडामा (परियोजनामा आधारित) आवश्यकता अनुसार प्रयोग गर्न सक्नेछ ।

यसले आफ्नो अनुकूल सर्तमा नेपालका प्रमुख कम्पनीहरूसँग रिमोट फ्रिलान्स अवसरहरू प्रदान गर्नेछ । यो प्लेटर्फममा, स्वतन्त्र हायररहरू र दक्ष फ्रिलान्सरहरू छिटो, भरपर्दो, र कुशल ढंगले कार्य संचालन गर्न सक्दछन् ।

हायरर र फ्रिलान्सिङको सम्पूर्ण प्रक्रिया व्यावसायिक र भरपर्दो हुनेछ । ‘हामीसँग आबद्ध फ्रिलान्सरहरु एउटा कसिलो छनौट प्रक्रियाबाट छानिएका हुन्छन्, हामी एक विश्वसनीय संस्था बन्न चाहान्छौ,’ कम्पनीले भनेको छ ।

यसबाट स्वतन्त्र व्यक्तिहरूलाई कम्पनीहरुसँग काम गर्न साजिलो माहौल बन्न मद्दत पुर्याउँछ, साथै कम्पनीहरुलाई पनी आफ्नो कामको परिणामको गुणस्तर र लाग्ने समयमा आस्वस्त पार्नेछ।

फ्रिलान्सिङ हालका वर्षहरूमा अविश्वसनीय रूपमा लोकप्रिय भएको छ । स्वतन्त्र भई व्यक्तिगत रूपमा काम गर्न पाउने र चाहेको प्रोजेक्टहरु छनौट गर्न पाउने, आफ्नो दैनिक तालिका अनुसार जहाँसुकैबाट काम र आफ्नो शुल्क चार्ज गर्न पाउनले यसको लोकप्रियतामा वृद्धि भएको हो ।

हालसालको महामारीको प्रकोपले धेरै व्यवसायहरूलाई ‘घरबाटै काम’ मोडेलबाट काम गर्न बाध्य पारेको छ । अहिलेको समयमा काम आवश्यकता भएकालाई घरमै बसी लचिलो तालिकाको साथ रोजगारीका अवसरहरू खोज्नका लागि साथै रोजगार प्रदायकहरूलाई कामका लागि सही उम्मेदवार खोज्नको लागि उपयोगी यो प्लेटर्फम उत्तम हुने कम्पनीको दावी छ ।

स्थायी कर्मचारी राख्नु पर्ने झन्झटबाट मुक्त हुँदा वर्कहबको प्लाटफर्मबाट ठूलो कम्पनीलाई मात्र होईन, सानो पूँजीबाट सुरु गरिएका स्टार्ट अप कम्पनीलाई पनी राहत मिल्ने छ ।

भविष्यमा यो अनलाइन प्लाट्फर्मले फ्रिलान्सरहरुलाई बहुराष्ट्रीय कम्पनीहरुसँग सिधा सम्पर्क गर्ने लक्ष्य राखेको छ । त्यसरी नै डिजिटल सिप विकास गर्न विभिन्न पार्ट्नरहरुसंग साझेदारी गरिएको कम्पनीले बताएको छ । निकट भविष्यमा नै को लर्निङ स्पेस मार्फत वर्किङ ईकोसिस्टमको थालनी गर्ने तयारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment