Comments Add Comment
महामारीमा बढ्दो जोखिम :

यातायात कार्यालयमा सेवाग्राहीको घुइँचो (फोटोफिचर)

२८ भदौ, काठमाडौं । यातायात व्यवस्था कार्यालय ललितपुरले आइतबारदेखि सवारी चालक अनुमतिपत्र (लाइसेन्स) नवीकरण कार्य सुचारु गर्‍यो । साना-ठूला सवारी कार्यालयले पनि आफ्नो सेवा थाल्यो । भर्खरै निषेधाज्ञा खोलेको सरकारले यहाँ लाग्ने भीडलाई भने बेवास्ता गरेको देखियो ।

सेवा थालेलगत्तै आइतबार दिउँसो कार्यालयमा सेवाग्रहीहरुमो भीड लाग्यो । कोरोना महामारीको लाइसेन्स तथा ब्लु-बुक नवीकरण गर्न नपाएका सेवाग्राही कार्यालयमा तछाडमछाड गर्दै थिए । सेवाग्राही बसेको लाममा भौतिक दुरी कायम भएन । त्यस्तो दुरी कायम गराउने गरी कार्यालयहरुले पनि कुनै प्रयास गरेका थिएनन् ।

यातायात व्यवस्था कार्यालय एकान्तकुनाले बिहीबार एक सूचना जारी गर्दै निषेधाज्ञाका कारण तीन सातादेखि स्थगित रहेको सवारी चालक अनुमतिपत्र नवीकरण कार्य आइतबारदेखि सुरु हुने जनाएको थियो । अन्य सेवाहरु भने अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित रहने सूचनामा उल्लेख थियो ।

चैत ११ पछिको लकडाउन अवधिमा लाइसेन्सको म्याद सकिएर पनि नवीकरण गर्न नपाएका सवारी धनीले असोज १ देखि जरिवाना तिर्नुपर्ने हुन्छ । त्यसैकारण पनि सेवाग्राही बढेका हुन् ।

यातायात व्यवस्था विभागले यसअघि एक सूचना जारी गर्दै लकडाउन अवधिमा म्याद सकिएका सवारी धनीले भदौ मसान्तपछि नवीकरण गर्दा जरिवाना तिर्नुनपर्ने जानकारी दिइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment