+
+
Shares

हिमपात रोकिएपछि सिमकोट–हिल्सा सडकको हिउँ हटाउन थालियो

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १३ गते १६:२६

१३ असोज, सुर्खेत । हुम्लामा असोज ९ देखि ११ गतेसम्म भएको हिमपातका कारण अवरुद्ध सिमकोट–हिल्सा सडकमा जमेको हिउँ हटाउन मंगलबारदेखि सुरक्षाकर्मी परिचालन गरिएको छ ।

हिमपात रोकिएपछि सडक खुलाउने प्रयास थालिएको हो ।

हिमपातका कारण सिमकोट–हिल्सा सडकका विभिन्न स्थानमा बाक्लो हिउँ जमेको छ ।

हिउँका कारण सडकमा यातायात सञ्चालन हुन नसकेपछि सुरक्षाकर्मी परिचालन गरी बाटो खुलाउने काम सुरु गरिएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) शंकर खड्काका अनुसार हिमपात रोकिएपछि सडकमा जमेको हिउँ हटाउन सुरक्षाकर्मी परिचालन गरिएको हो ।

सिमकोट–हिल्सा सडक हुम्लाको उत्तरी क्षेत्रलाई जिल्ला सदरमुकाम सिमकोटसँग जोड्ने प्रमुख सडक हो ।

सडक अवरुद्ध हुँदा उत्तरी हुम्लाका स्थानीयवासी तथा यात्रुको आवतजावत प्रभावित भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?