+
+
Shares

पूर्व प्रधानन्यायाधीशलाई पक्राउ गरेकोप्रति मानव अधिकारकर्मीको विरोध

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १३ गते १६:२३

१३ असोज, काठमाडौं । मानव अधिकारकर्मीहरूले पूर्व प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई स्वेच्छाचारी रुपमा पक्राउ गरिएको भन्दै विरोध गरेका छन् ।

उनीहरूले एक विज्ञप्ति जारी गरी ‘सुरक्षा थ्रेट’का नाममा जबरालाई पक्राउ गर्नु गलत हुने बताएका हुन् ।

जबरा पक्राउ परेपछि अनुगमनका लागि गएको मानव अधिकार आयोगको टोलीलाई समेत प्रहरीले रोकेको भन्दै उनीहरूले त्यसलाई गैरजिम्मेवारपूर्ण भनेका छन् ।

उनीहरूले सरकारलाई मानव अधिकारको पालना गर्न र मानव अधिकार आयोगलाई समेत संवैधानिक र कानुनी दायित्व निर्वाह गर्न आग्रह गरेका छन् ।

विज्ञप्ति जारी गर्नेमा सुशिल प्याकुरेल, शोभाकर बुढाथोकी, वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी लगायत १४ जना छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?