+
+
Shares

चोलेन्द्रलाई जेनजीबाट होइन, अपरिचित समूहबाट थ्रेट आएको थियो : सरकार प्रवक्ता

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १३ गते १७:०५

१३ असोज, काठमाडौं । सरकारले पूर्व प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई जेनजीबाट नभइ कुनै अपरिचित समूहबाट थ्रेट आएको स्पष्टीकरण दिएको छ ।

मंगलबार सिंहदरबारमा सञ्चारकर्मीसँग कुराकानी गर्दै सरकारका प्रवक्ता सस्मित पोखरेलले यस्तो बताएका हुन् ।

उनका अनुसार, पूर्व प्रधानन्यायाधीश जबरालाई कुनै अपरिचित समूहबाट फोनमा टेक्समार्फत थ्रेट आएको थियो ।

उक्त थ्रेट आएपछि सरकारले उनलाई सुरक्षित ठाउँमा राखेको उनको भनाइ छ ।

‘कहिँबाट पनि सरकारबाट वा प्रहरीबाट जेनजीबाट सुरक्षा थ्रेट भएको भनिएको छैन । त्यो मिडियामा आएको कुरा हो,’ सरकारका प्रवक्ता पोखरेलले भने, ‘जेनजीबाट त्यो थ्रेट आएको होइन, अपरिचित समूहबाट आएको कुरा उहाँलाई फोनमा टेक्समार्फत नै आइसकेपछि सुरक्षित स्थानमा लगिएको हो । जेनजी समूहबाट भनेर सरकारबाट भनिएको छैन ।’

उनलाई प्रहरीले सुरक्षित ठाउँमा लगिसकेपछि पनि थ्रेट आएको कुरा परिवारबाट आएको समेत पोखरेलले बताए  ।

‘सुरुमा नै थ्रेटहरू आइसकेको थियो । थ्रेट आएसकेपछि उहाँलाई सुरक्षित स्थानतर्फ लगियो । त्यसपछि पनि अझै सुरक्षा थ्रेट भएको छ भन्ने कुरा परिवारबाट आएको हो,’ पोखरेलले थप प्रष्ट पार्दै भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?