
२८ भदौ, काठमाडौं । कोरोना महामारीको रोकथामका लागि सरकारले लगाएको लकडाउन र निषेधाज्ञाका कारण गत चैतदेखि धेरै समय सरकारी कार्यालयहरु बन्द भए ।
दैनिकजसो सेवाग्राहीको चाप हुने यातायात कार्यालय पनि धेरै समय बन्द नै भए र खुला भए पनि सहज रुपमा सर्वसाधारणले सेवा पाएनन् । लामो समयसम्म चालक अनुमतिपत्र (लाइसेन्स) नवीकरण रोकिएको यातायात कार्यालयले आइतबारदेखि यो सेवा सुरु गरेको छ ।
एकान्तकुनास्थित यातायात कार्यालयले सेवाग्राहीको चाप धेरै नहोस् भनी अहिले लाइसेन्स नवीकरणको काममात्र गरेको छ । तर सेवाग्राहीको चाप अत्यधिक छ ।
कार्यालयले भिड हुँदा पनि सेवाग्राहीबीच भौतिक दूरी कायम गर्न कतै कतै मार्किङ गरेको त देखिन्छ तर धेरै भिड भएका कारण यो नियम पालना भएको देखिँदैन ।
हेर्नुहोस् तस्वीरहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4