+
+
Shares

डेरावाल हत्या प्रकरण : तीन आरोपितविरुद्ध ५ दिन म्याद थप

अनलाइनखबर अनलाइनखबर
२०७७ भदौ २८ गते १९:३१
सां‌केतिक फोटो

२८ भदौ, काठमाडौं । कीर्तिपुर नगरपालिका–७, भाजंगलमा घेरबेटीले डेरावालाको हत्या गरेको प्रकरणमा तीन जना आरोपितविरुद्ध ५ दिन म्याद थप भएको छ ।

जिल्ला अदालत, काठमाडौंले अनुसन्धानका लागि घरबेटी ६६ वर्षीय प्रेमकृष्ण महर्जन, दुई छोरा परमेश्वर महर्जन र प्रमोद महर्जनलाई हिरासतमा राख्न अनुमति दिएको हो ।

म्याद थप भएको अवधिमा घटनाबारे विस्तृत अनुसन्धान हुने काठमाडौं प्रहरीका एसपी सोमेन्द्रसिंह राठौरले बताए ।

शुक्रबार सामान्य विवादमा प्रेमकृष्णले घरको आग्लोले हानेर भाजंगलमा डेरा गरी बस्ने ४२ वर्षीया शम्भु चौधरी भनिने शम्भु महतोको हत्या गरेका थिए । उनको स्थायी घर भारतको चम्पापुरण हो ।

पछिल्लो १५ महिनादेखि उनी महर्जनको घरमा डेरा गरी बसेको प्रहरीको भनाइ छ । घटनाबारे जानकारी पाएलगत्तै घटनास्थलमा पुगेको प्रहरीले तत्काल उपचारका लागि शम्भुलाई कीर्तिपुर अस्पताल लगेको थियो । तर, केही घन्टामै चिकित्सकले मृत घोषित गरेका थिए ।

प्रहरीका अनुसार शम्भुको कोखामा चोट देखिएको छ । अन्यत्र, बाहिरी चोटपटक छैन । उनको मृत्युको कारणबारे पोष्टमार्टम रिपोर्टबाट यकिन हुनेछ । तर, हालसम्म आफन्तले शव बुझ्न नमानेका कारण पोष्टमार्टम हुन सकेको छैन ।

शनिबार पीडित परिवारले प्रहरीमा घरबेटी र उनको परिवारविरुद्ध किटानी जाहेरी दिएपछि प्रहरीले घरका अन्य सदस्यलाई पनि पक्राउ गरेर अनुसन्धान थालेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?