+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

डेरावाल हत्या प्रकरणमा घरधनी र उनका दुई छोरा पक्राउ 

अनलाइनखबर अनलाइनखबर
२०७७ भदौ २८ गते १३:२५

२८ भदौ, काठमाडौं । आफ्नै घरमा डेरामा बसेका व्यक्तिलाई आग्लो प्रहार गरी हत्या गरेको आरोपमा काठमाडौंको कीर्तिपुरबाट घरधनीसहित उनका दुई जना छोराहरु पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा कीर्तिपुर नगरपालिका-७ भाजंगलका प्रेमकृष्ण महर्जन र उनका दुई छोराहरु परमेश्वर र प्रमोद रहेका छन् ।

प्रहरीका अनुसार पानी थाप्ने विषयमा विवाद हुँदा घरबेटी महर्जनले  ढोकामा लगाउने काठको आग्लोले प्रहार गर्दा भारतको मोतिहारी जिल्ला पूर्वी चम्पारणग्राम पोष्ट संग्रामपुर स्थाई घर भएका ४२ वर्षीय शम्भु चौधरी भन्ने शम्भु महतोको मृत्यु भएको थियो ।

महर्जनले प्रहार गरेको आग्लोबाट गम्भीर घाइते महत्तोलाई उद्दार उपचारका लागि किर्तिपुर अस्पतालमा लगिएको भएपनि चिकित्सकले उनलाई मृत घोषणा गरेको थियो ।

तीनै जनालाई नियन्त्रणमा लिएर घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता एवं प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौरले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?