News Summary
Generated by OK AI. Editorially reviewed.- अविरल वर्षाका कारण कीर्तिपुरस्थित राधास्वामी होल्डिङ सेन्टरमा डुबान भएपछि ३१ परिवारका ८९ जना सुकुमवासीलाई खरिपाटी स्थानान्तरण गरिएको छ ।
- हिजो र आज बिहान गरी उनीहरूलाई खरिपाटी लगिएको हो भने केही सुकुमवासीलाई भक्तपुरको बोडेमा स्थानान्तरण गरिएको छ ।
- सरकारले बागमती नदी किनारका सुकुमवासी बस्ती हटाए तापनि उनीहरूको स्थायी व्यवस्थापन अझै हुन सकेको छैन ।
२८ असार, काठमाडौं । अविरल वर्षापछि डुबानमा परेका कीर्तिपुरस्थित राधास्वामी होल्डिङ सेन्टरका सुकुमवासीलाई खरिपाटीस्थित होल्डिङ सेन्टरमा लगिएको छ ।
कीर्तिपुरबाट ३१ परिवारका ८९ जनालाई खरिपाटी लगिएको हो । हिजो (शनिबार) र आज (आइतबार) बिहान गरेर सो संख्यामा सुकुमवासीहरू खरिपाटी लगिएको हो ।
केहीलाई भने भक्तपुरकै बोडेमा स्थानान्तरण गरिएको छ ।
सरकारले थापाथली लगायतका बागमती नदी किनारबाट सुकुमवासी बस्ती हटाएको थियो । यद्यपि उनीहरूको व्यवस्थापन भने अझै हुन सकेको छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4