+
+
Shares

कीर्तिपुरमा युवक हत्या प्रकरण : हिरासतबाट छुटेका व्यक्ति पनि जोडिए

प्रारम्भिक अनुसन्धानको क्रममा घटनास्थलमा ६ जनाको समूह देखिन्छ । तीमध्ये एक जना (विपिन)को हत्या हुन्छ । घटनास्थलमा हुनेहरूमा केही दिनअघि मात्रै हिरासतबाट छुटेका व्यक्ति समेत देखिएको प्रहरीले बताएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २४ गते १४:१३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कीर्तिपुरमा बुधबार दिउँसो २४ वर्षीय विपिन घिमिरेलाई धारिलो हतियार प्रहार गरी हत्या गरिएको छ।
  • प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको छ र हिरासतबाट छुटेका व्यक्तिको संलग्नता खुलेको छ।
  • घटनामा संलग्न मुख्य अभियुक्तहरू अझै पक्राउ परेका छैनन् र अनुसन्धान जारी छ।

२४ वैशाख, काठमाडौं । कीर्तिपुरमा दिउँसै धारिलो हतियार प्रहार गरेर एक युवकको हत्या भएको घटनामा हिरासतबाट छुटेका व्यक्तिको समेत संलग्नता रहेको खुलेको छ ।

कीर्तिपुर नगरपालिका–१० पोडेटोलमा बुधबार दिउँसो साढे २ बजेतिर धारिलो हतियार प्रहार गरी एक युवकको हत्या भएको थियो । गुल्मीको धुर्कोट घर भई कीर्तिपुर बस्दै आएका २४ वर्षीय विपिन घिमिरेमाथि धारिलो हतियार प्रहार गरी हत्या भएको थियो ।

हतियार प्रहारपछि उनी भुईंमै ढलेका थिए । कीर्तिपुर अस्पताल पुर्‍याइएकोमा चिकित्कसले उनलाई मृत घोषणा गरेका थिए । यो घटनामा अनुसन्धानका लागि तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंले तीन जनालाई नियन्त्रणमा लिएर सोधपुछ गरेको छ । उनीहरू धारिलो हतियार प्रहार गर्ने समूहका व्यक्ति रहेको हुनसक्ने भन्दै प्रहरीले सोधपुछ गरेको हो ।

आक्रमण गर्ने र मृत्यु हुने साथी–साथी रहेको प्रहरीको भनाइ छ । उनीहरूबीच विवाद बढेपछि धारिलो हतियार प्रहार गरेर हत्या गरिएको थियो ।

प्रारम्भिक अनुसन्धानको क्रममा घटनास्थलमा ६ जनाको समूह देखिन्छ । तीमध्ये एक जना (विपिन)को हत्या हुन्छ । घटनास्थलमा हुनेहरूमा केही दिनअघि मात्रै हिरासतबाट छुटेका व्यक्ति समेत देखिएको प्रहरीले बताएको छ ।

‘प्रारम्भिक अनुसन्धानको क्रममा हत्यामा हिरासतबाट छुटेका व्यक्तिको समेत संलग्नता देखिएको छ । यसबारेमा हामी विस्तृत अनुसन्धान गरिरहेका छौं । व्यक्ति पक्राउ गरेपछि सबै विवरण सार्वजनिक गर्छौैं,’ एक अनुसन्धान अधिकृतले भने ।

व्यक्ति पक्राउ पर्न बाँकी नै रहेकाले प्रहरीले उनीहरूको विवरण भने सार्वजनिक गरेको छैन ।

प्रहरीले हत्यामा संलग्न हुनेहरुको भने पहिचान भइसकेको बताएको छ । उनीहरुको नाम ठेगाना सबै विवरणहरू पत्ता लागिसेकेको प्रहरीको भनाइ छ ।

घटनाको अनुसन्धान तथा व्यक्ति पक्राउका लागि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकु, जिल्ला प्रहरी परिसर भद्रकाली, प्रहरी वृत्त कीर्तिपुरको समेत टोली परिचालन भएका छन् । घटना भएको करिब २४ घण्टा बित्दासम्म मुख्य अभियुक्तहरू पक्राउ परेका छैनन् ।

मुख्य अभियुक्तहरू पक्राउ नगरेकाले हत्याको कारण पनि यकिन हुन बाँकी रहेको प्रहरीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?