News Summary
Generated by OK AI. Editorially reviewed.- सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग क्रिकेटको दोस्रो संस्करण १ मंसिरमा त्रिवि क्रिकेट मैदानमा सुरु हुँदैछ।
- उद्घाटन खेलमा साविक विजेता जनकपुर बोल्ट्स र काठमाडौंको काठमान्डु गोर्खाज भिड्दैछन्।
- नेपाली क्रिकेटमा पहिलोपटक फ्लडलाइटमुनि खेल हुँदैछ र दर्शक सुरक्षाका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी खटाइएको छ।
१ मंसिर,काठमाडौं। सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो संस्करण केही बेरमा सुरु हुँदैछ। उद्घाटन खेलमा साविक विजेता जनकपुर बोल्ट्स र काठमाडौंकै टोली काठमान्डु गोर्खाज आमनेसामने हुँदैछन् । खेल अपरान्ह ४ बजेदेखि खेल सुरु हुँदैछ।
पहिलो खेलका हेर्नका लागि त्रिवि क्रिकेट मैदानमा दर्शकहरूको चहलपहल सुरू भएको छ । क्रिकेट मैदानमा दर्शकदीर्घाले भरिँदैछ । साथै दर्शक सुरक्षाका नेपाल प्रहरी र सशस्त्र प्रहरी पनि खटाइएको छ ।
नेपाली क्रिकेट इतिहासमा पहिलोपटक फ्लडलाइटमुनि खेल हुँदैछ ।
गत संस्करण सामान्य स्तरको मैदानमा भएको थियो भने यसपटक १० हजार दर्शक क्षमताको प्यारापिट र ६ वटा फ्लडलाइटहरू जडान भएका छन् ।
गत संस्करणको फाइनलमा जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोयल्सलाई हराउँदै उपाधि जितेको थियो । गत संस्करणकै नतिजा दोहोर्याउने लक्ष्यमा जनकपुर हुनेछ ।
यस्तै काठमान्डु गोर्खाज गत संस्करण पाँचौं स्थानमा रहेर लिग चरण सकाएको थियो । यसपटक काठमान्डु गोर्खाजले जर्सीदेखि लोगो अनि प्रशिक्षकदेखि अधिकांश विदेशी खेलाडी परिवर्तन गरेको छ ।
हेर्नुहोस् तस्वीरहरू :

प्रतिक्रिया 4