+
+
WC Series
जनकपुर बोल्ट्स 2025
130/6 (20)
VS
Kathmandu Gorkhas won by 5 wickets
Won काठमान्डु गोर्खाज 2025
131/5 (17.6)
Shares

कीर्तिपुरमा पहिलो पटक फ्लडलाइटमा क्रिकेट (तस्वीरहरू)

काठमाडौंको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा ६ वटै फ्लडलाइटहरू बालेर पहिलो पटक नेपाल प्रिमियर लिग (एनपीएल) खेल सुरु गरिएको छ ।

कमल प्रसाईं कमल प्रसाईं
२०८२ मंसिर १ गते २०:२२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौंको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पहिलो पटक ६ वटा फ्लडलाइट बालेर नेपाल प्रिमियर लिग (एनपीएल) सुरु गरिएको छ।
  • सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग क्रिकेटको दोस्रो संस्करणमा जनकपुर बोल्ट्स र काठमान्डु गोर्खाजबीच प्रतिस्पर्धा भइरहेको छ।
  • प्रधानमन्त्री सुशीला कार्कीले उद्घाटन खेलमा हेलिकप्टरबाट पुष्पवृष्टि गराएर खेल उद्घाटन गर्नुभएको थियो।

१ मंसिर, काठमाडौं। काठमाडौंको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा ६ वटै फ्लडलाइटहरू बालेर पहिलो पटक नेपाल प्रिमियर लिग (एनपीएल) सुरु गरिएको छ ।

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो संस्करणमा साविक विजेता जनकपुर बोल्ट्स र काठमाडौंकै टोली काठमान्डु गोर्खाजबीच प्रतिस्पर्धा भइरहेको छ ।

खेलको उद्घाटन खेलमा प्रधानमन्त्री सुशीला कार्की पनि पुगेकी थिइन् । हेलिकप्टरबाट पुष्पवृष्टि गराएर खेल उद्घाटन गराइएको थियो ।

पहिलो खेलका हेर्नका लागि त्रिवि क्रिकेट मैदानमा दर्शकहरूको उल्लेख्य उपस्थिति छ ।

गत संस्करण सामान्य स्तरको मैदानमा भएको थियो भने यसपटक १० हजार दर्शक क्षमताको प्यारापिट र ६ वटा फ्लडलाइटहरू जडान भएका छन् ।

गत संस्करणको फाइनलमा जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोयल्सलाई हराउँदै उपाधि जितेको थियो ।

यस्तै काठमान्डु गोर्खाज गत संस्करण पाँचौँ स्थानमा रहेर लिग चरण सकाएको थियो ।

थप तस्वीरहरू :

 

लेखक
कमल प्रसाईं

प्रसाईं  अनलाइनखबरका फोटोपत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?