+
+
Shares

कीर्तिपुरको पोखरीमा पहिलो पटक देखियो वायु फ्यालफ्याले (फोटो फिचर)

मानिसहरू नजिकै जाँदा पनि नभागेको देख्दा सबै अचम्म परेका छन्।

चन्द्रबहादुर आले चन्द्रबहादुर आले
२०८३ भदौ ३ गते २०:००

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कीर्तिपुरको खासीबजारस्थित मस् भिं पुखुमा ५–६ दिनअघिदेखि कमन टर्न चरा देखिएको स्थानीयले बताएका छन्।
  • प्रकृति तथा वन्यजन्तु फोटोग्राफर सुप्रदीप्ता न्यौपानेले कीर्तिपुरको व्यस्त बजारमा यो चरा देखिएको कुनै अभिलेख नभएको बताए।
  • कमन टर्न हेर्न र फोटो खिच्न चराप्रेमी तथा सर्वसाधारण त्यहाँ पुगेका छन्, र एउटा मात्रै चरा मानिस नजिक जाँदा पनि नभागेको छ।

३ भदौ, काठमाडौं । कीर्तिपुरको खासीबजारस्थित मस् भिं पुखु (पोखरी) मा कमन टर्न (वायु फ्यालफ्याले) चरा देखिएको छ। कमन टर्न ५-६ दिनअघिदेखि देखिन थालेको स्थानियहरु बताउँछन्। कीर्तिपुरको व्यस्त बजारमा यसअघि यो चरा देखिएको कुनै अभिलेख नभएको प्रकृति तथा वन्यजन्तु (वाइल्डलाइफ) फोटोग्राफर सुप्रदीप्ता न्यौपानेले बताए।

कमन टर्नलाई हेर्न तथा फोटो खिच्नका लागि धेरै चराप्रेमी अवलोकनकर्ताहरू तथा सर्वसाधारणहरु त्यहाँ पुगेका छन्। कमन टर्न एउटा मात्रै छ। मानिसहरु नजिकै जाँदा पनि नभागेको देख्दा सबै अचम्म परेका छन्। यो युरोप, एसिया र उत्तर अमेरिकाका समुद्री तट तथा नदी-ताल आसपास पाइन्छ। नेपालमा भने यो बसाइँसराइ गरेर आउने गर्दछ।

यसअघि काठमाडौँ उपत्यकाका रानीपोखरी, टौदहा, बागमती, मनोहरा लगायतका विभिन्न सिमसार क्षेत्रहरूमा यो चरा फेला परेको अभिलेख छ। आगन्तुक चरा भए पनि मानिसहरूको नजिकै बस्ने यसको बानीका कारण अवलोकन गर्न सहज भएको छ। यसको मुख्य खाना माछा हो।

 

लेखक
चन्द्रबहादुर आले

आले अनलाइनखबरका फोटोपत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?