Comments Add Comment

उपत्यकामा ५९७ संक्रमित थपिए, काठमाडौंका ६ जनाको मृत्यु

२८ भदौ, काठमाडौं । काठमाडौं उपत्यकामा ५९७ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।

काठमाडौंका ४८३ जना, भक्तपुरका ८१ जना र ललितपुरका ३३ जना संक्रमित भएका हुन् । यससँगै ललितपुर र भक्तपुरमा पनि संक्रिय संक्रमितको संख्या ५०० नाघेको छ ।

यस्तै काठमाडौंका ६ जनाको मृत्यु भएको छ । काठमाडौंका ६५ वर्षकी दुई महिला, ५९ वर्षका दुई, ६४ र ७९ वर्षका एकएक जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment