Comments Add Comment

रमाइलोका लागि अपहरणको नाटक गर्ने महिला पक्राउ

२८ भदौ, काठमाडौं । अपहरणको नाटक गर्ने एकजना महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा बर्दियाको ठाकुरबाबा नगरपालिका-४ मैनवा घर भई नेपालगञ्ज उपमहानगरपालिका-६ फूलटेक्रा बस्ने ३३ वर्षीय आशिककुमारी चौधरी रहेकी छन् ।

काल्पनिक घटना बनाएर आफू अपहरणमा परेको नाटक गरेकी चौधरीलाई जिल्ला प्रहरी कार्यालय बाँकेले शनिबार उनैकै डेराबाट नियन्त्रणमा लिएको हो ।

प्रहरीका अनुसार उनले सानु दहितको नामबाट सुन्दर केटीको फोटो राखेर फेसबुक आईडी बनाई नवलपरासीका एकजना केटालाई साथी बनाएकी थिइन् । तर आफूले झुटो कुरा गरेको कारण केटालाई भेट्नु पर्ने बाध्यताले आफूले अपहरणको नाटक गरेको उनले बताएकी छन् ।

उनले ती युवकसँग आफू २२ वर्षीया युवती भएको, आफ्नै व्यापार भएको, नेपालगञ्ज र पोखरामा घर भएको भनी ढाटेर कुरा गरेकी थिइन् ।

गत २६ गते आफ्नै गाडीमा नेपालगञ्जबाट पोखरा जान लागेको र बाटोमा भेटेर सँगै पोखरा जाने बताएकी उनले चन्द्रौटामा आफू गाडीसहित अपहरणमा परेको खबर गरेकी थिइन् ।

अनुसन्धानका क्रममा सबै झुटो भएको खुलेपछि प्रहरीले उनलाई नियन्त्रणलाई लिएको हो । प्रारम्भिक अनुसन्धानका क्रममा ती महिलाले फेसबुकमा साथी बनाई रोमान्स गर्नका लागि नाटक गरेको बताएको प्रहरीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment