Comments Add Comment

जब काठमाडौंको सडकमा एभ्रो विमान देखियो

२७ भदौ, काठमाडौं । शनिबार साँझ काठमाडौंको सडकमा अनौठो दृश्य देखियो । नेपाली सेनाको विमान सडकमै गुडिरहेको देखेपछि यात्रा गरिरहेका तथा आसपासका क्षेत्रमा स्थानीय पनि दंग परे ।

तर यो विमान कुनै आपतकालीन रुपमा सडकमा अवतरण भने गरिएको होइन रहेछ । यो त  त्रिभुवन विमानस्थलमा थन्किएको नेपाली सेनाको एभ्रो विमानलाई नारायणहिटीमा राख्न लगिएको रहेछ ।

विमानस्थलबाट नारायणहिटीसम्म लैजाने विमानको पखेटा निकालिएको थियो भने अगाडीबाट गाडीले तानेको थियो । तीनकुनेमा रेलिङमा पछाडिको भाग ठोक्किएपछि केहीबेर नेपाली सेना र ट्राफिक पप्रहरीलाई सास्ती पनि भयो ।

त्रिभुवन विमानस्थल कार्यालयका प्रमुख देवेन्द्र केसीका अनुसार सो विमान विमानस्थलबाट संग्राहलयमा लैजान सेनालाई अनुमति दिइएको थियो । गत वर्ष नै रक्षा मन्त्रालयले पूर्वराजाहरुले प्रयोग गरेका विमान र हेलिकोप्टर नारायणहिटी संग्राहलयमा राख्ने निर्णय गरेको थियो ।

यो विमान वि. सं. २०३१ मा नेपाल ल्याइएको थियो । यो विमान राजा वीरेन्द्रले आफ्ना भ्रमणहरुमा प्रयोग गर्ने गरेका थिए ।

यसअघि नै राजा वीरेन्द्रले प्रयोग गरेका हेलीकोप्टोर संग्राहलयमा लगिसकिएको संग्राहलयका प्रमुख भेषनारायण दहालले बताए ।

उनका अनुसार यो एभ्रो विमानलाई संग्राहलयभित्रको ‘बदाम चौर’मा राखिने छ । आवश्यक तयारीपछि सर्वसाधारणले पनि यसको अवलोकन गर्न पाउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment