Comments Add Comment

दार्चुलामा पनि सुरु भयो ड्रागन फलको व्यावसायिक खेती    

फाइल तस्वीर

२९ भदौ, दार्चुला । दार्चुलाको नौगाड गाउँपालिकामा पहिलोपटक ड्रागन खेती सुरु गरिएको छ । नौगाड गाउँपालिका–६ को मलानमा ग्रीनल्याण्ड कृषि तथा पशु फार्म दर्ता गरेर कृषि क्षेत्रका विज्ञ तथा इन्जिनीयरहरु मिलेर ड्रागन खेती सुरु गरेका हुन् ।

कृषि क्याम्पस रामपुरबाट स्नातकोत्तर गर्नुभएका महेन्द्रसिह धामीको नेतृत्वमा सूचना प्रविधि इन्जिनीयर भक्तसिंह ठगुन्ना र सिभिल इन्जिनीयर कैलाश धामीलगायतको टोलीले ड्रागन फुड खेती सुरु गरेको छ । एक हजार ८०० वर्गकिलोमिटर जमीन भाडामा लिएर यो खेती सुरु गरिएको इन्जिनीयर महेन्द्रसिंहले जानकारी दिए ।

यो खेतीको सुरुवात गर्न उनीहरुले रु १० लाख बढी रकम खर्च गर्दैछन् । ‘कृषि पढिसकेपछि आफ्नै क्षेत्रमा केही गर्नुपर्छ भन्ने भावना लिएर आफूहरुले आफ्नै ठाउँमा व्यवसाय गर्न लागेका हौ,’ भक्तसिंहले भने । ड्रागनले खेती सुरु गरेको ड्रागनले दुई वर्षपछि उत्पादन दिने गर्दछ । कैलाश भन्छन्, ‘हावापानी, मौसम सुहाउँदो देखिएकाले ड्रागनले खेती सुरु गरेका हौँ ।’ यो खेती गर्न गाउँपालिकाले पनि सहयोग गरेको छ । पहिलो चरणमा रु दुई लाख ड्रागन फल व्यवसाय सञ्चालनका लागि सहयोग गरिएको गाउँपालिका अध्यक्ष प्रेमसिंह धामीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment