Comments Add Comment

बायर्नको ८ गोल, नाब्रीको ह्याट्रिक

३ असोज, काठमाडौं । जर्मन बुण्डेसलिगाको नयाँ सिजनमा साविक विजेता बायर्न म्युनिखले शानदार सुरुवात गरेको छ । सर्जी नाब्रीको ह्याट्रिक र लरे सानेले डेब्युमै गोल गर्दा बायर्नले साल्केलाई ८-० को फराकिलो अन्तरले पराजित गरेको हो ।

शुक्रबार राति भएको खेलमा बायर्नका लागि नाब्रीले ह्याट्रिक गरे भने लियोन गोरेट्ज्का, रोबर्ट लेवान्डोस्की, थोमस मुलर, लोरी साने, जामल मुसिलाले एक-एक गोल गरे ।

खेलको चौथो मिनेटमै नाब्रीले गोल गर्दै बायर्नलाई अग्रता दिलाएका थिए । १९ औं मिनेटमा गोर्रेट्ज्काले गोल गर्दै बायर्नको अग्रता दोब्बर पारे । ३१ औं मिनेटमा लेवान्डोस्कीले पेनाल्टीमा गोल गरेपछि बायर्नले पहिलो हाफमा ३-० को अग्रता बनायो । दोस्रो हाफमा बायर्नले पाँच गोल गर्यो ।

४७ औं मिनेटमा नाब्रीले व्यक्तिगत दोस्रो गोल गर्दा बायर्नले ४-० को अग्रता बनायो । ५९ औं मिनेटमा व्यक्तिगत तेस्रो गोल गर्दै नाब्रीले ह्याट्रिक पूरा गर्दा बायर्न ५-० ले अघि बढ्यो ।

६९ औं मिनेटमा मुलर, ७१ औं मिनेटमा बायर्नका लागि डेब्यु गरेका खेलाडी सानेले र खेलको ८१ औं मिनेटमा मुसिलाले गोल गरेपछि बायर्नले ८-० को फराकिलो जित हात पारेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment