Comments Add Comment

आकाशको सस्पेन्स थ्रिलर फिल्ममा शिव र सौगात फाइनल

चलचित्र निर्माता संघका अध्यक्ष समेत रहेका निर्देशक तथा कलाकार आकाश अधिकारीले नयाँ चलचित्र निर्माणको घोषणा गरेका छन् । नाम फाइनल नभएको चलचित्रका लागि केही कलाकार समेत तय गरिएको छ ।

चलचित्रमा नायक सौगत मल्लको साथमा रविन्द्र झा, सुनिल कटुवाल लगायतका कलाकारको अभिनय रहेनछ । चलचित्रमा नायक शिव श्रेष्ठले समेत मुख्य भूमिकामा काम गर्ने पक्का भएको छ । दि स्काई मुभिजको ब्यानरमा निर्माण हुन लागेको यो चलचित्रलाई सस्पेन्स थ्रिलर कथामा निर्माण गर्ने आकाशले जानकारी दिए ।

आकाशको कथा तथा निर्देशन रहने यो चलचित्रमा नव विजय प्रकाश श्रेष्ठ, विजय उप्रेती, सजल लोप्चनको पटकथा तथा संवाद, नवराज कृष्ण थापाको छायांकन, भुपेन्द्र अधिकारीको सम्पादन, राजनराज सिवाकोटी र शिखर सन्तोष्को संगीत रहनेछ ।

दि स्काई मुभिजको सातौ प्रस्तुतिको रुपमा निर्माण हुन लागेको चलचित्रमा निर्देशक आकाश अधिकारीले पनि अभिनय गर्नेछन् । चलचित्रका लागि नायिका पक्का गरिएको छैन ।
आकाशले निर्माण तथा निर्देशन गरेका ‘पन्छी, क्रोध, काठमाण्डु’ लगायतका चलचित्र चर्चित मानिन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment