+
+
Shares

श्रद्धाका लागि अनलाइनबाट ड्रग्स मगाएकी थिएँः जया साह

अनलाइनखबर अनलाइनखबर
२०७७ असोज ७ गते १४:००

नायक सुशान्त सिंह राजपुतको निधनपछि बलिउडमा नयाँ नयाँ तरंग सार्वजनिक भैरहेको छ । पछिल्लो समयमा सुशान्तकी प्रेमिका रिया चक्रवर्ती पक्राउ परेसँगै ड्रग्सको नयाँ नयाँ मुद्दा सार्वजनिक भएको हो । बलिउडका केही चर्चित अनुहारहरु पनि ड्रग्सको मुद्दामा तानिएका छन् ।

यसैविच, नायक सुशान्त सिंह राजपुत र नायिका रिया चक्रवर्तीकी मेनेजर जया साहले नायिका श्रद्धा कपुरका लागि अनलाइनबाट ड्रग्स अर्डर गरेको बयान दिएकी छिन् । भारतीय मिडियाका अनुसार, नायिका श्रद्धा कपुरका लागि उनले अनलाइनमार्फत सीबीडी ओइलको प्रवन्ध गरेकी थिइन् ।

सीबीडी त्यस्तो एउटा ड्रग्स हो, जुन भारतमा प्रतिबन्ध गरिएको छ । जयाले एनसीबीसँगको बयानमा श्रद्धाका लागि प्रतिबन्धित ड्रग्स अर्डर गरेको स्विकार गरेकी हुन् । जयाले श्रद्धाको अलवा नायक सुशान्त सिंह राजपुत, नायिका रिया चक्रवर्ती, चलचित्रकर्मी मधु मन्टेना र आफ्नै लागि यो प्रतिबन्धित ड्रग्सको व्यवस्था गरेको स्विकार गरेकी हुन् ।

जया र रियाविच भएको च्याटमा उनले लेखेकी थिइन्–‘चियामा ४ थोपा राखेर सीबीडी सुशान्त सिंह राजपुतलाई पिउन दिनु । यसले ३० देखि ४० मिनेटसम्म उर्जा दिन्छ ।’

यस्तै, एनसीबीले बलिउड नायिका दीपिका पादुकोणकी मेनेजर करिश्मा प्रकाशलाई पनि बयानका लागि बोलाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?