Comments Add Comment

सौगातको घट्दो क्रेज, बढ्दो माग

नायक सौगात मल्लले निर्देशक आकाश अधिकारीको एक अनटाइटल प्रोजेक्ट साइन गरे । नायक मल्लले अभिनय गर्ने चलचित्रको छायांकन तिहारपछि गर्ने योजनामा निर्देशक अधिकारी छन् ।

नायक सौगात मल्लको गतबर्ष ‘पोई पर्यो काले, माछा माछा’ लगायतका चलचित्र रिलिज भए । ‘माछा माछा’ले पानी पनि भन्न नपाउँदा ‘पोई पर्यो काले’ औषत रुपमा चल्यो । तर, यसको जस सौगातलाई गएन ।

सौगात मल्लले चलचित्र ‘लुट’पछि आफ्नो क्रेज बनाएका हुन् । यसपछि, उनले केही चलचित्रमा गरेको भर्सटाइल अभिनयले दर्शकको मन जित्यो । तर, सौगातले पछिल्ला केही बर्ष अफर आएका जस्तोसुकै चलचित्रमा पनि काम गर्दा उनको क्रेज कम हुँदै गयो । आजका दिनमा उनको नाममा दर्शक हलमा निकै कम आउँछन् ।

तर, पनि सौगातको मागमा भने कमी आएको छैन । उनले अभिनय गरेका ‘माइकल अधिकारी, लप्पन छप्पन २’ रिलिजका लागि तयार छन् । सौगातले लकडाउन अगाडि मधुसुदन भट्टराइले निर्देशन गर्ने चलचित्र ‘सँगसँगै’ साइन गरेका थिए । यस्तै, उनले नायिका रेखा थापाले निर्माण गर्न लागेको चलचित्र पनि साइन गरेका थिए ।

उनै, सौगातले निर्देशक आकाश अधिकारीको चलचित्र पनि साइन गरेका छन् । सौगातले यी चलचित्रका लागि कसरी समय दिने हुन् त्यो त भोलीको कुरा भयो । तर, बक्स अफिसमा गतिलो उपस्थिती जनाउन नसकेपनि यी नायकको माग भने चलचित्र क्षेत्रमा उस्तै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment