Comments Add Comment

डा. गोविन्द केसीको समर्थनमा वीरगञ्जमा प्रदर्शन

९ असोज, वीरगञ्ज । डाक्टर गोविन्द केसीको समर्थमान वीरगञ्जका चिकित्सकहरुले शुक्रबार प्रदर्शन गरेका छन् । नेपाल चिकित्सक संघ नारायणी अञ्चल शाखामा आवद्ध चिकित्सकहरुले प्रदर्शन गरेका हुन् । नारायणी अस्पताल नजिकै रहेको संघको कार्यलय अगाडि उनीहरुले केहीबेर प्रदर्शन गरेका थिए ।

‘डाक्टर केसीको जायज माग पुरा गर, डाक्टर केसीको जीवन रक्षा गर’ नारा लेखिएको ब्यानरसहित उनीहरुले प्रदर्शन गरेका हुन् । नेपाल चिकित्सक संघ नारायणी अञ्चल शाखाका अध्यक्ष अरुणकुमार सिंहले डाक्टर केसीको जायज माग पुरा गरे स्वास्थ्य र चिकिसा क्षेत्रमा सुधार आउने दावी गरे ।

‘देशको सुधार तथा चिकित्सा क्षेत्र र शिक्षाको सुधारका लागि डाक्टर केसीले माग राखेका छन् । सम्बन्धित पक्षले राम्रोसँग विचार गरेर पुरा गरिदिनुपर्छ,’ उनले भने, ‘ उहाँको माग पुरा हुँदा स्वास्थ्य क्षेत्रको विकास हुन्छ, चिकित्स शिक्षामा सर्वसाधरणको पहुँच हुन्छ ।’

उनीहरुले बुधबारदेखि नै डाक्टर केसीमाथि भएको दुर्व्यवहारको विरोध गर्दै कालो पट्टी लगाएर काम सुरु गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment