News Summary
Generated by OK AI. Editorially reviewed.- इलाम जिल्ला अस्पतालले डाक्टर गोविन्द केसीको स्वास्थ्य अवस्था ‘लाइफ थ्रेटनिङ’ तहको रहेको बताएको छ।
- चिकित्सा शिक्षा र स्वास्थ्य सुधारको माग गर्दै ४ दिनदेखि अनशनरत केसीलाई गम्भीर जटिलता देखिएपछि शनिबार इलाम अस्पतालमा भर्ना गरिएको थियो।
- उपचारमा संलग्न डाक्टर महेश आचार्यले केसीको रगतमा ग्लुकोज अत्यधिक कम र पिसाब संक्रमण बढेको बताए।
१५ कात्तिक, इलाम । जिल्ला अस्पताल इलामले डाक्टर गोविन्द केसीको स्वास्थ्य अवस्था ‘लाइफ थ्रेटनिङ’ तहको बताएको छ। आज अस्पतालको सभा कक्षमा पत्रकार सम्मेलन गरेर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट अमिताभ ठाकुरले डा. केसीको स्वास्थ्य अवस्था जोखिमपूर्ण तहमा रहेको बताएका हुन्।
चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारको माग राख्दै ४ दिनदेखि इलाममा अनशनरत प्रा.डा. केसी स्वास्थ्यमा गम्भीर जटिलता देखिएपछि इलाम अस्पतालमा शनिबार भर्ना गरिएको थियो।
उपचारमा संलग्न डाक्टर महेश आचार्यले केसीको रगतमा ग्लुकोजको मात्रा अत्यधिक कम देखिएको, पिसाब संक्रमण बढेको बताए। डा. केसीको स्वास्थ्य अवस्था लगातार बिग्रँदै गएकाले थप पहल र आवश्यक उपचारका लागि स्वास्थ्य मन्त्रालय, कोशी प्रदेश, विराटनगरलाई समेत पत्राचार गरी अनुरोध गरिएको अस्पतालले जनाएको छ।
प्रदेशका स्वास्थ्य सचिव कृतिपाल सुवेदी डाक्टर केसीलाई भेट्न आज इलाम अस्पताल पुगेका थिए।
प्रतिक्रिया 4