Comments Add Comment

रुसका विपक्षी नेता नाभाल्नीको बैंक खाता र सम्पत्ति रोक्का

९ असोज, काठमाडौं । रुसका विपक्षी नेता एलेक्सि नाभाल्नीको बैंक खाता र सम्पत्ति रोक्का गरिएको छ । गत महिना विष दिइएपछि मृत्युको मुखबाट बाँचेका नाभाल्नी हालै मात्र जर्मनीको अस्पतालबाट डिस्चार्ज भएका छन् । बिहीबार नाभाल्नीकी प्रवक्ताले उनको सम्पत्ति र बैंक खाता रोक्का भएको जानकारी दिएकी हुन् ।

नाभाल्नीकी प्रवक्ता किरा यार्मिशले सामाजिक सञ्जाल ट्वीटरमा सार्वजनिक गरेको भिडियोमार्फत मस्को स्कुल चाइल्ड क्याटरिङ कम्पनीले दायर गरेको मुद्दामा सम्बन्ध जोडिएको कारण नाभाल्नीको बैंक खाता र सम्पत्ति रोक्का गरिएको हो । यो कम्पनीसँग नाभाल्नीको लामो समयदेखि विवाद चल्दै आएको छ । यससँगै अब नाभाल्नीले मस्कोमा रहेको आफ्नो अपार्टमेन्टको फ्ल्याट बिक्री गर्न पाउनेछैनन्, कसैलाई अनुदान दिन र धितो राखेर ऋण लिन पनि पाउनेछैनन् ।

पश्चिमा मुलुकहरुले नाभल्नीलाई विष दिइएको विषयमा सरकासँग यसको विस्तृत जाँचको माग गर्दै आएका छन् । रुसको सरकारले भने यो घटनामा सरकारको कुनै किसिमको संलग्नता नरहेको र अहिले घटनाको प्रमाणहरु अध्ययन गर्ने काम भइरहेको बताएको छ ।

नाभाल्नीका समर्थकहरुले भने उनलाई सरकारले नियतवश मुद्दा लगाउने र उनलाई फसाउने षडयन्त्र भइरहेको आरोप लगाएका छन् ।

स्रोत : अलजाजिरा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment