Comments Add Comment

थप १४९७ जनामा कोरोना संक्रमण, ४५७ जना डिस्चार्ज

८ असोज, काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा १४ सय ९७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ४४९ जनाको पीसीआर परीक्षण गर्दा १४९७ जनामा कोरोना संक्रमण भएको हो ।

नेपालमा कोरोना संक्रमितको कुल संख्या ६९ हजार ३०१ पुगेको छ ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त भई ४५७ जना डिस्चार्ज भएका छन् । बिहीबारसम्म ५० हजार ४११ जना कोरोनामुक्त भएका छन् ।

कोरोना भाइरस संक्रमणका कारण हालसम्म नेपालमा ४ सय ५३ जनाको मृत्यु  भएको मन्त्रालयले नियमित प्रेस ब्रिफिङमा  जानकारी दिएको छ ।

कहाँ कति संक्रमित ?

पछिल्लो २४ घण्टामा काठमाडौं जिल्लामा ६०९, चितवनमा १३७, ललितपुरमा ९५, रुपन्देहीमा ८६, मोरङमा ७३, बाँकेमा ५३, भक्तपुरमा ५१ जना, कैलालीमा ४५ जनामा कोरोना संक्रमण देखिएको छ ।

त्यस्तै बर्दियामा २४, पर्सा, सिराहामा २३, मकवानपुरमा २१, तनहुँमा १७, सप्तरीमा १६, नवलपरासी पूर्व र नवलपरासीमा १४/१४, सुनसरीमा १३, ओखलढुंगा, काभ्रेपलाञ्चोक, बाग्लुङमा १२/१२, धनुषा र बैतडीमा १०/१०, गोरखा र दाङमा ९/९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

नुवाकोट, कास्की र स्याङ्जामा ८/८, बारा, पर्वत र प्युठानमा ६/६, सिन्धुलीमा ५, झापा, महोत्तरी, रौतहट, धादिङ, गुल्मी, पाल्पा, सल्यान, कञ्चनपुर र डोटीमा ४/४, संखुवासभा, दोलखा, अर्घाखाँची र सुर्खेतमा ३/३ जना, उदयपुर, लमजुङ, कपिलवस्तु, दैलेखमा २/२, भोजपुर, सर्लाही, रामेछाप, अछाम, डडेल्धुरा र दार्चुलामा १/१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको मन्त्रालयले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment