+
+
Shares

बिहारको निर्वाचन तीन चरणमा हुने, १० नोभेम्बरमा नतिजा

अनलाइनखबर अनलाइनखबर
२०७७ असोज ९ गते १४:२८

९ असोज, काठमाडौं । भारतको निर्वाचन आयोगले बिहारको विधानसभा निर्वाचन तीन चरणमा गर्ने घोषणा गरेको छ । आयोगले गरेको घोषणाअनुसार अक्टोबर २८, नोभेम्बर ३ र नोभेम्बर ७ मा निर्वाचन हुनेछ । मतगणना भने नोभेम्बर १० मा हुनेछ ।

घोषणाअनुसार पहिलो चरणमा अक्टोबर २८ मा १६ जिल्लामा ७१ सिटको लागि निर्वाचन हुनेछ । नोभेम्बर ३ मा १७ जिल्लाको ९४ सिटको लागि निर्वाचन हुनेछ भने अन्तिम चरणमा १५ जिल्लाको ७८ सिटको लागि निर्वाचन हुनेछ ।

निर्वाचन आयोगले कोरोना भाइरस (कोभिड–१९) को संक्रमण नियन्त्रणका लागि आवश्यक सतर्कताको उपाय अपनाइने बताएको छ । त्यसका लागि मतदानको समय पनि एक घण्टा बढाइएको छ । कोरोना संक्रमित मानिसहरुले भने अन्तिमको एक घण्टामा मतदान गर्न पाउनेछन् ।

भारतमा कोरोनाको महामारी आएपछिको यो पहिलो निर्वाचन हुनेछ । बिहारमा जम्मा २४३ सिट छ भने सरकार बनाउन १२२ सिट आवश्यक पर्छ ।

स्रोत : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?