Comments Add Comment

अपहरण अभियोगमा समातिए व्यवसायी डेबिड

१४ असोज, काठमाडौ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अपहरण तथा शरीर बन्धक सम्बन्धी अभियोगमा डेबिड भनिने दुर्गाबहादुर श्रेष्ठलाई पक्राउ गरेको छ ।

ब्युरोका अनुसार मलेसियामा बसेर गुन्डागर्दी र अपहरण गरेको भन्दै पीडित पक्षको जाहेरी दिएपछि उनलाई पक्राउ गरिएको हो ।

उनले दाङको पहरुवा भन्ने स्थानका मध्म रैदासलाई अपहरण गरी सात दिनसम्म बन्धक बनाएका थिए । रैदासकी श्रीमतीलाई फोन गरेर दुर्गाबहादुर श्रेष्ठको नाममा हिमालयन बैंक लिमिटेडको खातामा ६० हजार रिंगेट जम्मा गराउन भनेका थिए । रकम जम्मा नगरे मारिदिने धम्कीसमेत दिएका थिए ।

पटक पटक गरी उनले १५ लाख ९२ हजार रुपैयाँ फिरौती असुलेपछि अपहरण मुक्त गरेको ब्युरोका डीआईजी सहकुल थापाले जानकारी दिए । डेबिट नेपाल आएको गोप्य सूचनाको आधारमा प्रहरीले काठमाडौंको कान्ति बाल अस्पताल नजिकको सडकबाट पक्राउ गरेको हो ।

श्रेष्ठले मलेसियामा डान्सबार तथा रेष्टुरेन्ट सञ्चालन गर्दै आएका थिए । श्रेष्ठमाथि जिल्ला अदालत, काठमाडौंबाट अनुसन्धानका लागि म्याद थप गरेर विस्तृत अनुसन्धान गर्ने तयारी सीआईबीको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment