Comments Add Comment

अवैध निकासी हुन लागेकाे साढे दुई करोडको केराउ बरामद

१४ असोज, जनकपुरधाम । भारततर्फ तस्करी गर्न गोदाममा लुकाइ राखिएको अवस्थामा प्रहरीले  वीरगञ्जस्थित नेपाल-भारत सीमा क्षेत्रबाट ठूलो परिमाणको हरियो केराउ  बरामद गरेको छ।

पर्साको वीरगञ्ज महानगरपालिका-१६ इनरवास्थित नेपाल–भारत सीमा नजिकै गोदाममा रााखिएको अवस्थामा प्रहरीले बुधबार ३ हजार २५० क्विन्टल हरियो केराउसहित एक जनालाई नियन्त्रणमा लिएको छ ।

प्रदेश प्रहरी कार्यालय, जनकपुरधामका अनुसार बाराको परवानीपुर गाउँपालिका-३ लिप्नीमा रहेको प्रिज्म एग्रो कमोडिटिज ट्रेडिङ्ग प्रालिका प्रोप्राइटर ललितपुर निवासी बेदान्तजंग राणाले उक्त केराउ गोदाममा स्टोर गरी राखेका थिए ।

भारततर्फ तस्करी गर्ने उद्देश्यले गोदाममा स्टोर गरी राखिएको सूचनाको आधारमा प्रदेश प्रहरी कार्यालय जनकपुरधाम र जिल्ला प्रहरी कार्यालय पर्साको संयुक्त टोलीले केराउ नियन्त्रणमा लिएको प्रदेश प्रहरी प्रमुख डीआईजी धिरजप्रताप सिंहले जानकारी दिए ।

उनका अनुसार गोदामबाट ६ हजार ५ सय बोरा केराउ बरामद भएको हो । एउटा बोरामा ५० किलोका दरले केराउ प्याक गरेर भण्डारण गरी राखेको अवस्थामा केराउ बरामद गरिएको उनले बताए ।

बरामद गरिएको केराउकाे बजार मूल्य करिब २ करोड ६० लाख रुपैयाँ बराबरको रहेको सिंहले बताए ।

तस्करी गर्ने उद्देश्यले लुकाएर राखिएको केराउ बरामद भएपछि उक्त कम्पनीका म्यानेजर प्रभात श्रेष्ठ र ना.६त ८७१० नम्बरको ट्याक्टरलाई समेत नियन्त्रणमा लिएर थप अनुसन्धान थालिएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment